बुधबार, साउन २५, २०७९

पूर्वप्रधानमन्त्री प्रचण्डलाई नारिता विमानस्थलमा भव्य स्वागत, आजै नेपाल फेष्टिवल समुदघाटन गर्ने

जापान । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री, सत्तारूढ दलका प्रमुख एक नेता पुष्पकमल दाहाल’प्रचण्ड’ जापानको नारिता विमानस्थलमा अवतरण हुनु भएको छ ।

शनिवार बिहान विमानस्थलमा जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीलगाएत नेपाली जनप्रगतिशिल मंच जापानका नेताहरुले अध्यक्ष प्रचण्डलाई भव्य स्वागत गरेका छन ।
अगस्ट ६ देखि १० तारिख सम्मको जापान भ्रमणका लागि प्रचण्डसहित भ्रमण दलका चार सदस्यीय टोलीआइपुगेका हुन ।

नेपाली जनप्रगतिशिल मन्च जापानको निमन्त्रणामा जापान आएका पूर्व प्रधानमन्त्री प्रचण्डसहितको भ्रमण टोलीलाई मंचका अध्यक्ष भवानी पन्त, जापानका लागि नेपाली राजदूत डा. सुबेदीसहितका नेपालीहरूले विमानस्थलमा भव्य स्वागत गरेका थिए ।
विमानस्थलमा स्वागत गर्नेहरुमा एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष रोविन्द श्रेष्ठ, भूषण घिमिरे, एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नवीन निउरे, मंचका पदाधिकारीहरू, मंचका केन्द्रीय समितिका सदस्य, विभिन्न नेपाली संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, सर्वसाधारण नेपालीहरू रहेका थिए ।
राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको आरए ४३३ नम्बरको जहाजबाट आइपुगेका प्रचण्डले जापानमा आयोजित विभिन्न कार्यक्रममा सहभागी बन्नेछन ।
हालसम्म सार्वजनिक भएका कार्यक्रम मध्य शनिबार नै जापानको फुकुओकामा आयोजित नेपाल फेष्टिवल फुकुओकाको समुदघाटन गर्ने छन ।
त्यसैगरि अगस्ट ६ मा हिरोसिमा घटना भएको ७५ बर्ष पूरा हुने ऐतिहासिक क्षेत्रमा आइतबार प्रचण्डले भ्रमण गर्नेछन । सोही दिन नै नेपाली जनप्रगतिशिल मन्च जापानको आयोजनामा टोकियोमा हुने नेपाली समुदायहरुबिच “समृद्ध नेपालको आधार: आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार ” विषयको खुला अन्तरकृया कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी बन्नेछन।
जापानमा रहदा प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसङग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेकोे छ।
आधुनिक कृषि प्रणालीको विकासको बारेमा समेत फिल्ड़मा नै पुगेर हेर्ने समेत कार्यक्रम रहेको बताईएको छ ।
प्रचण्डको जापान भ्रमणले नेपाल-जापान सम्बन्धलाई थप मजवुत बनाउन मद्दत गर्नेछ भने नेपालको आर्थिक विकास र समृद्धिको बाटोमा जापान सरकार र जापानमा रहेका प्रवासी नेपालीबिचमा विश्वास र सहकार्यमा बढोत्तरी हुनेमा प्रचण्डले विश्वास लिएका छन ।

प्रचण्डको कार्यक्रम
८/६: नारीताबाट सिधैं फुकुओका नेपाल फेस्टिवल त्यस्पछी वेलुका ओसाकामा नेपाली समुदायसंग भेटघाट
८/७: हिरोसिमा भिजीट/वेलुका ६वजे टोकियोमा अन्तरकृया कार्यक्रम/ खामेईदो
८/८:नेपाल एम्वेसीको सहकार्यमा जापानको विकसित नमुना,कृषि ,जापानको प्राशासनिक तौल तरिका सगै फोहर मैला व्यवस्थापन सम्वन्धि अवलोकन भ्रमण
८/९:सरकारी लेवलमा राजनैतिक भेटघाट
८/९:नेपाल एम्वेसीको स्वागत तथा विदाई रात्रीभोज जसमा जापानिजहरुको पनि उपस्थिती रहने हुनाले पर्यटन र लगानी सम्वन्धमा पनि पुर्व प्रमको नाताले आव्हान गर्नुहुनेछ!
८/१० नेपाल फिर्ती

यसमा तपाईको प्रतिक्रिया

%d bloggers like this: