मङ्गलबार, बैशाख ०४, २०८१

गायिका सुनिता र गायक अमृत खातीको आवाजमा “नाइ भन्छ मायाले” सार्वजनिक

काठमाडौं । नेपाली कलाकारिता क्षेत्रमा अहिलेकी लोकप्रिय गायिका सुनिता बुढाक्षेत्री र लोकप्रिय गायक अमृत खातीको आवाजमा नयाँ लोक कोसेली “नाइ भन्छ मायाले” भर्खरै मात्र सार्वजनिक भएको छ।।हरेक प्रकारका गितहरु गाउन,लेख्न र सङीत गर्ने क्षमता भएका गायक खातीको शब्द सङ्गीतमा रहेको उक्त गीत डी .ए .आर .मुभिज मार्फत डिजिटल बजारमा सार्वजनिक भएको छ ।
काजिस श्रेष्ठको निर्देशनमा तयार भएको यस गीतको म्युजिक भिडियोमा लोमस शर्मा र सन्ध्या सानुको अभिनय देख्न सकिन्छ। उक्त गितको छायाङ्कन मुकेश हुमागाईले गर्नु भएको छ भने सम्पादन दिपक खड्काले गर्नु भएको छ।
डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको उक्त गितमा रोमान्चक शब्द र सरल सङ्गीतको समिश्रण भित्र सङ्गीतप्रेमीहरुले भरपुर मनोरञ्जन लिन सक्नेछन।
Amrit Khati