मङ्गलबार, बैशाख ०४, २०८१

प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने सत्ता गठबन्धनबीच समझदारी

काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरुले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पनि चुनावी तालमेल गर्ने भएका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक चुनावी तालमेल गरेर जाने सहमति भएको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिएका छन् । उनका अनुसार बैठकले भदौ पहिलो साताभित्र तालमेलको काम सम्पन्न गर्ने निर्णय गरेको छ।

स्रोतका अनुसार तालमेलका लागि सिट बाँडफाट गर्न ९ सदस्यीय कार्यदल समेत गठन गरिएको छ । सरकारले बिहीबार मात्रै आगामी ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकेको थियो ।

प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० सिट छन् । कांग्रेससले प्रतिनिधि सभाको १६५ सिटमध्य ९० भन्दा बढी सिटमा दाबी गर्दै आइरहेको छ भने अन्य दलले ८० सिट दाबी गर्दै आएको बताइएको छ  । यसअघि गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल भएको थियो ।