बुधबार, साउन २५, २०७९

नेपाललाई थप चिनाउनलाई नेपाल फेष्टिवल राम्रो माध्यम बन्यो : अध्यक्ष तिमिल्सिना

जापान । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपाललाई थप चिनाउनलाई जापानमा सम्पन्न नेपाल फेष्टिवल राम्रो माध्यम बनेको बताउनु भयो ।
फेष्टिवल सफलताका साथ सम्पन्न भएको र उक्त नेपाल फेष्टिवलमा प्रस्तुत विभिन्न जातजातीको प्रस्तुति कला र सँस्कृतिमार्फत जापानी समुदायमा नेपाल चिनाउने काम भएकोमा खुशी व्यक्त गर्नु भयो ।

बिहिबार नेपाली राजदूतावास जापानले अध्यक्ष तिमिल्सिनाको विदाई तथा सम्मानमा टोकियोमा आयोजना गरेको रात्रिभोज कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै अध्यक्ष तिमिल्सिना ६६ वर्ष पुरानो दौत्य सम्बन्ध स्थापित नेपालको प्रमुख सहयोगी राष्ट्र मध्यको एक जापानमा नेपालको आफ्नै दूतावास भवन र यथेष्ट कर्मचारी नहुँदा कार्यसम्पादनमा असुबिधा प्रति चासो व्यक्त गर्दै कसम्बन्धित निकायमा पहल गर्ने बताउनु भयो ।

उनले विदेशमा आएर पनि नेपालीहरु दलीय चिन्तनका आधारमा ध्रुबिकृत हुने र सोहीअनुसार ब्यवहार र धारणा बनाउने संस्कारबाट पनि माथि उठ्नुपर्नेमा जोड दिए ।अध्यक्ष तिमिल्सिना गत जुलाई ३० र ३१ मा टोकियोमा भएको नेपाल फेस्टिबलमा प्रमुख अतिथिकारुपमा भाग लिन जापान आउनु भएको थियो ।

अध्यक्ष तिमिल्सिना नेपाल फेष्टिवल सम्पन्न गरि जापानको विभिन्न स्थानको भ्रमण र भेंटघाट गरि शुक्रवार स्वदेश फर्कनु भएको छ ।
जापानका लागि राजदूत डा। दुर्गा बहादुर सुवेदीले संचालन गर्नु भएको कार्यक्रममा संघसंस्थाका अगुवा, पत्रकार तथा एनआरएन अभियान्ताहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाईको प्रतिक्रिया

%d bloggers like this: