शुक्रबार, बैशाख ०७, २०८१

जापान भ्रमणमा रहनुभएका उपराष्ट्रपतिका दुई सल्लाहकारलाई सम्मान

जापान भ्रमणमा रहनु भएका नेपाल सरकार उपराष्ट्रपतिका कानुनी सल्लहाकार ख्याम सापकोटा र जनसम्पर्क सल्लहाकार कपुर श्रेष्ठलाई स्वागत तथा सम्मान गरेको छ।

जापान भ्रमणमा रहनु भएका अवसरमा कानागावा नेपाली कम्यूनिटीका अध्यक्ष हरि सापकोटाको रहोबरमा बुधबार योकोहामा स्थित शुभ रेस्टुरेन्टमा भेटघाट तथा भलाकुसारी गरिएको थियो । उक्त डिनर सहितको कार्यक्रममा भ्रमण शुभ तथा सफल रहोस् भन्दै आ-आफ्नो परिचयात्मक एवम् नेपालको वर्तमान स्थिति र आगामी दिनहरूमा विदेशीएका नेपाली दक्ष युवा पुस्ताहरूलाई कसरी नेपाल फर्कनको लागि अनुकूल वातावरण बनाउन सकिन्छ लगायत अन्य विभित विषय वस्तुमा पनि केहि जिज्ञासा उठाई छोटो रूपमा उहाँहरू बीच अन्तक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा एनआरएनएका एसिया प्यासिफिककी उप-संयोजक दडिवल खड्का र नेपाल व्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली लगायत अन्य विभिन्न पेशा तथा व्यवसायिक क्षेत्रमा आबद्ध व्यक्तित्वहरूको पनि सहभागिता रहेको थियो ।