शनिबार, बैशाख ०८, २०८१

माधब सिग्देलको मालेपाटनमा यसरी नाचे रामजी खाँड र विना राउत (भिडियोसहित)

जापान । तीज गित मालेपाटनमा सार्बजनिक भएको छ । गायक माधब सिग्देल र मिना (शर्मा) गैरेको आबाज ,पुरुषोत्तम सिग्देल को लय तथा शब्दमा गितको परिकल्पना बद्रि पौडेलले गरेका हुन्।

मुर्चुन्गा डिजिटल स्टुडियोमा संजय श्रीपाल को एरेन्ज तथा मिक्सिंग भएको गित जापानको फ़ुकुओका वान नाइन स्टुडियोमा रेकर्ड गरिएको हो। दृश्य निर्माण शाही भिजन प्रालि मार्फत प्रकाश भट्टको निर्देशनमा चर्चित गायक तथा मोडल रामजी खाँड र बिना राउतको अभिनय रहेको छ। छायांकन राजेश घिमिरेले गरेका हुन्(जापान छायांकन दिपक देबकोटा) भने सम्पादन बिष्णु शर्माको रहेको छ ।

मालेपाटन गीतलाई गायक माधब सिग्देलको अफिसियल युटुब च्यानल बाट सार्बजनिक गरिएको छ।

पुरा भिडियो हेर्नुहोस्