शुक्रबार, चैत १६, २०८०

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

काठमाडौँ । सरकारले नेपाली चलचित्रका नायक भुवन केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । उनी आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त भएका हुन् ।

अध्यक्ष पदका लागि १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केसीसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशील कुमार पोखरेल र सुष्मा कार्कीको नाम उम्मेदवारका रूपमा छनोट गरेको थियो ।

केसी केही अगाडि मात्र नेपाली काँग्रेस प्रवेश गरेका थिए ।