शुक्रबार, बैशाख ०७, २०८१

जापानबाट सर्जक इश्वरी अर्यालको प्रस्तुतिमा तीज गीत ‘ओई काजल’ सार्वजनिक (भिडियोसहित)

जापान । हरितालिका तीजको अवसरमा जापानमा बस्दै आउनु भएकी सर्जक तथा समाजसेवी इश्वरी अर्यालको प्रस्तुतिमा तीज गीत ‘ओइ काजल’सार्वजनिक आएको छ । हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा नारीको कथालाई बिशेष जोड दिएर बजारमा आएको उक्त इश्वरी अर्याल युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

इश्वरी अर्यालकै शब्द र प्रिय कुमारको लय श्रीजनामा बजारमा आएको उक्त मौलिक तीज गीतमा आवाज भने लोकप्रिय गायिका पूर्णकला बिसीले दिएकी छिन् । एक नारी जसले आफ्नो पहिरन र शैलीको बिषयमा गीतको शब्दमा जोड दिएको पाइन्छ भने गीत तीजलाई बिशेष रुपमा जोड दिएर बजारमा ल्याइएको पाएको छ । यस अगाडी पनि सर्जक इश्वरीले सृजना गरेका धेरैजसो गीतहरु सबैतिर हिट छन ।

गीतमा लोकप्रिय मोडल अन्जली अधिकारीले अभिनय गरेकी छिन् भने बिनोद भण्डारीको निर्देशन भिडियोमा रहेको छ ।