बिहिबार, बैशाख ०६, २०८१

आईफोनभन्दा डीएसएलआर यस कारण राम्रो

काठमाडौं । डीएसएलआर क्यामेरा धेरै पक्षबाट प्रयोगकर्तामाझ लोकप्रिय छ । समयअनुसार परिमार्जित डीएसएलआर क्यामेरा खरिदकर्ताको रोजाइमा परेका छन् । मूल्यको सन्दर्भमा पनि डीएसएलआर क्यामेरा आफ्नो क्षमताअनुसार खरिद गर्न सकिन्छ ।

क्यामेराको महँगो भाग लेन्स हुने भएकाले लेन्स परिवर्तन गर्न मिल्ने क्यामेरा खरिद गर्दा उपयुक्त हुन्छ । त्यस्तै यसको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको फोटोग्राफी नै हो । आईफोनको तुलनामा डीएसएलआर क्यामेराको फोटोको गुणस्तर पनि उत्तिकै राम्रो हुने गर्छ ।

आज हामी आईफोन वा अन्य स्मार्टफोनको तुलनामा डीएसएलआर थप कुन-कुन कुरामा आकर्षक वा भनौं राम्रो छ भन्ने विषयमा चर्चा गर्छौं ।

१. अप्टिकल जुम
अप्टिकल जुमको अप्सन केही फोनहरूमा उपलब्ध छ । तर, आईफोनमा भने यो अप्सन छैन । उपयुक्त अप्टिकल जुम लेन्स हुन फोनमा ठाउँ पनि उत्तिकै आवश्यक पर्छ, जुन स्मार्टफोनका लागि ठूलो कुरा हो ।

स्मार्टफोन धेरै भद्दा भयो भने उपयोगी मानिँदैन । त्यसैले पनि प्रायः स्मार्टफोनले डिजिटल माध्यमबाट जुम उपलब्ध गराइरहेका हुन्छन् । डिजिटल जुम भनेको एक प्रकारको क्रप गरेको जस्तै हो, परिणाम स्वरूप फोटोको गुणस्तर घटेर जान्छ ।

तर, यो समस्या डीएसएलआरमा आउँदैन । डीएसएलआरमा प्रयोग भएका लेन्सले गर्दा फोटोको गुणस्तर लगायत अन्य थुप्रै काम गरिरहेको हुन्छ । एउटा स्टान्डर्ड जुम लेन्सले वाइड-एंगलदेखि मध्यम-टेलिफोटो रेन्ज ओगटेको हुन्छ, जसले गर्दा ल्यान्डस्केपदेखि पोट्रेट फोटो खिच्न सकिन्छ ।

टेलिफोटो जुम विशेषगरी टाढाका वस्तुको फोटो खिच्न प्रयोग गरिन्छ । उदाहरणका लागि खेलकुदमा, वन्यजन्तुको फोटो खिच्दा टेलिफोटो जुम प्रयोग हुने गर्छ ।

डीएसएलआरमा जुमभन्दा अप्टिकल जुम प्रयोग हुन्छ, जसले गर्दा जुम गरेर खिचेका क्लोजअप फोटोको गुणस्तरमा केही कमी आउँदैन ।

२. डाइनामिक रेन्ज र लो-लाइट पर्फर्मेन्स
डीएसएलआर क्यामेराको सेन्सर भौतिक रुपमा आईफोनको सेन्सरभन्दा ठूलो हुन्छ । यसले गर्दा फोटोको गुणस्तर, डाइनामिक रेन्ज र लो-लाइट पर्फर्मेन्समा डीएसएलआरले महत्त्वपूर्ण भूमिका निभाउँछ ।

डाइनामिक रेन्ज भनेको क्यामेराले खिच्नसक्ने उज्यालो (ब्राइटनेस) र गाढा (डार्क) कलर टोनबीचको दूरी हो । धेरै डाइनामिक रेन्ज हुनु भनेको फोटो वा भिडिओको उज्यालो र गाढा क्षेत्रहरूमा थप भिज्युअल डिटेल ल्याउने गरी फोटोको ठूलो टोनल स्कोप प्रदर्शन गर्नु हो ।

आईफोनले यो इफेक्ट विभिन्न एक्पोजर सेटिङमा खिचेका फोटोलाई मर्ज गरेर तयार पार्छ, जसलाई हाइ डाइनामिक रेन्ज (HDR-High Dynamic Range)को फोटो भनिन्छ ।

हाइ डाइनामिक रेन्ज फोटोको सन्दर्भमा डीएसएलआरले आईफोनभन्दा गुणस्तरीय फोटो खिच्न गर्छ । आईफोनले लो-लाइटको सन्दर्भमा भने राम्रो प्रदर्शन गर्छ । तर, जब कुरा शार्पनेसको आउँछ, त्यसमा भने जुनसुकै स्मार्टफोनले पनि डीएसएलआरको गुणस्तर भेट्टाउन सक्दैन ।

डीएसएलआरमा भएको ठूलो सेन्सरले विभिन्न गतिको शटर स्पीड प्रयोग गरेर धेरै लाइट क्याप्चर गर्न सक्छ ।

३. उज्यालो प्रकाशको फोटो खिचाई
चम्किलो घाम लागेको दिनमा स्मार्टफोनबाट फोटो खिच्न गाह्रो हुन सक्छ । किनभने स्क्रिनको चमकले फ्रेममा के छ भनेर हेर्न गाह्रो बनाउँछ । यसको उपाय भनेको शीतलतामा गएर फोटो खिच्नु हो । अथवा फोनको ब्राइटनेस बढाउनु हो ।

तर, यी उपाय सधैँ व्यवहारिक हुन्छन् भन्ने हुँदैन । तर, डीएसएलआरमा भने यस्ताे समस्या हुँदैन । किन कि यसमा अप्टिकल भ्यू फाइन्डर हुन्छ । तपाईंले त्यसमा आँखा राखेर फोटोको प्रिभ्यू हेर्न सक्नुहुन्छ, जसले गर्दा राम्रो गुणस्तर वा भनौँ आफूलाई आवश्यक परेको जस्तो फोटो खिच्न सकिन्छ

४. ह्याण्डलिङ
आईफोन पकेटमा बोक्न सकिने गरी निर्माण गरिएका हुन्छ । आईफोन हातमा राखेर फोटो खिच्न सकिने गरी पनि डिजाइन गरिएका हुँदैन ।

केही आईफोन फोटोग्राफरले स्टाबिलिटी (क्यामेरालाई स्टेबल बनाउने डिभाइस) पनि प्रयोग गरेका हुन्छन् । तर, धेरै आईफोन प्रयोगकर्तालाई फोन हातमा लिएर त्यसबाट फोटो खिच्दा समस्या नै आएको हुन्छ । योभन्दा फरक छ डीएसएलआर क्यामेरा । डीएसएलआर हातमा समाएर फोटो खिच्नका लागि डिजाइन गरिएका हुन्छन् । स्मार्टफोनको तुलनामा डीएसएलआर क्यामेरा हातमा राखेर फोटो खिच्न निकै उपयोगी हुन्छन् ।

त्यस्तै प्रायः डीएसएलआर दायाँ हातले ह्याण्डल गर्न सकिने गरी डिजाइन गरिएका हुन्छन् । यसले गर्दा स्टाबिलिटीलाई नियन्त्रण गरेको हुन्छ । त्यस्तै प्रयोगकर्ताको बायाँ हातले लेन्स मिलाउने गर्छन् ।

डीएसएलआरमा शटर बटन दायाँ हातमा पर्ने गरी राखिएको हुन्छ । त्यस्तै डीएसएलआरमा डिस्प्ले मिलाउन, भोल्युम बढाउन/घटाउन सहजै सकिन्छ । डीएसएलआरमा शुटिङ सेटिङ जस्तै आईएसओ, शटर स्पिड, अटोफोकस र एक्सपोजर सबै औंलाले भेटाउने ठाउँमा रहेको हुन्छ ।

५. द्रुत गतिमा फोटो खिच्ने
आईफोनले जुनसुकै फोटो पनि द्रुत गतिमा खिच्न सक्छ । यसका माध्यमबाट तीव्र गतिमा चलिरहेको वस्तुको फोटो खिच्न सकिन्छ । तर, अटोफोकस र अटोएक्सपोजरले यस्ताे बेला उपयुक्त तरिकाले बिरलै काम गर्छ ।

डीएसएलआरको हाइ स्पेक मोडलले तीव्र गतिमा चलिरहेका वा टाढा रहेका वस्तु सहजै खिच्न सक्छ । त्यसैले पनि फोटो पत्रकार वा फोटोग्राफरको रोजाइमा क्यानन, निकोन जस्ता कम्पनीका डीएसएलआर क्यामेरा रोजाइमा परेका हुन्छन् ।
क्यानन ईओएस –वानडी मार्क आईआईआईले १९१ पोइन्ट अटोफोकसका साथ २० एफपिएसमा फोटो खिच्छ भने निकोन डी६ ले १०५ पोइन्ट अटोफोकसका साथ १४ एफपीएस फोटो खिच्छ ।

द्रुत शुटिङ र ठूला बफरहरूसँग छिटो, सटिक अटोफोकस संयोजन गरेर डीएसएलआर प्रयोगकर्ताहरूले एक-दुई सेकेन्डमै सयौं शटहरू खिच्न सक्छन्, जसबाट पछि उत्कृष्ट फोटो छान्न सकिन्छ ।

@techpana-टेकराडर