शुक्रबार, बैशाख ०७, २०८१

प्रदेश नम्बर ७ बाट कांग्रेसले चुनावी सभा गर्ने

काठमाडौं,२२ चैत । प्रदेश नम्बर ७ बाट नेपाली कांग्रेसले सात प्रदेशमा मुख्य चुनावी सभा गर्ने भएको छ । निर्वाचन परिचालन समितिको सोमवारको बैठकले सभा गर्ने ठाउँ र मिति समेत टुंगो लगाएको छ ।
सभाको सुरुवात प्रदेश नम्बर ७ बाट हुनेछ । त्यस क्षेत्रको सभा कैलालीमा चैत २७ गते हुनेछ । प्रदेश नम्बर ५ को सभा तुलसीपुरमा २८ गते र २९ गते रुपन्देहीमा, ४ को पोखरामा २० गते हुनेछ ।
प्रदेश नम्बर २ को ३१ गते जनकपुरमा र १ को वैशाख २ गते झापामा हुनेछ । प्रदेश नम्बर ३ र ६ को सभा स्थान र मिति भने पछि तय गरिने समितिले जनाएको छ ।
सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरुले आमसभामा समन्वय र सहयोग पुर्‍याउने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
कांग्रेसले समन्वय उपसमितिहरु पनि बनाएको छ । आर्थिक स्रोत परिचालन, प्रचार(प्रसार समन्वय, सुरक्षा समन्वय, मतदाता शिक्षा तथा सचेतना समन्वय, निर्वाचन अनुगमन र निर्वाचन आयोग समन्वय उपसमिति गठन गरेको छ ।