शनिबार, बैशाख ०८, २०८१

पूर्व मन्त्री पण्डित बिराटनगर उपमहानगरपालिकाको मेयरको उम्मेदवार बन्न तयार

काठमाडौ,१८ चैत । पूर्वसामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बिराटनगर उपमहानगरपालिकाको मेयरको उम्मेदवार बन्न आफू तयार रहेको बताएका छन् । एमालेको स्थानीय नेतृत्वले पण्डितलाई मेयरमा चुनाव लड्न आग्रह गरेपछि उनी तयार बनेका हुन् ।

बिराटनगरको मेयरमा चर्चा बढेपछि पूर्वमन्त्री पण्डितले भने-‘पार्टीले तपाईले नै लड्नुपर्‍यो भन्यो भने म पछि हट्दिनँ ।

उनले अघि भने- ‘एमालेले चुनाव जित्नुपर्छ, यसका लागि म आवश्यक हुँ भन्ने पार्टीले भन्छ भने म तयार छु ।

उनले बिराटनगरलाई महानगरपालिका बनाउन आफूले धेरै मेहनत गरे पनि विगतमा सफल नभएको बताए । ‘केही पार्टीले नचाहँदा त्यो सम्भव भएन, अब बिराटनगरको विकासका लागि पनि एमालेको नेतृत्व चाहिएको तयार रहेको बताए ।