बुधबार, बैशाख १२, २०८१

जापानमा नेपाली चलचित्र कबड्डी ४ ले राख्यो रेकर्ड

टोकियो । आईतबार जापानको राजधानी टोकियो नेपाली चलचित्र कबड्डी ४ हेर्न नेपाली दर्शकको ओइरो लागेको छ । टोकियोको नाकानो जेरो हलमा प्रदर्शित शो मा दर्शकको भिडलाई थामिनसक्नु भयो ।

१३ सय सिट संख्या रहेको हलमा सिट संख्याभन्दा दर्शकको संख्या बढी भएपछि आयोजकलाई व्यवस्थापन गर्न हम्मेहम्मे पर्यो । उपस्थित केही दर्शकले आयोजकको व्यवस्थापनप्रति गुनासो समेत गरेका थिए । कतिपय दर्शकहरू टिकट नपाएर निरास बनि फर्किए थिए ।

कबड्डी ४ का जापानका आधिकारिक वितरक सुभाष लामिछानेका अनुसार हामीले नसोचेको दर्शक आईदिनुभयो, व्यवस्थापनमा हाम्रो कमजोरी भयो , यसलाई पाठको रुपमा लिएर अघि बढ्ने छौं । आउँदा दिनहरूमा व्यवस्थापनमा बिशेष ध्यान दिने समेत लामिछानेले बताए।

टोकियोमा आईतबार एकैदिन २ ठाउँ नाकानो हल र हाईजिमा हलमा चलचित्र कबड्डी ४ पर्दशन भएको थियो । नेपालमा राम्रो व्यापार गरिरहेको चलचित्र कबड्डी ४ ले जापानमा २० भन्दा बढी ठाउँमा शो देखाउने भएको र हालसम्म उल्लेख्य दर्शकको साथ पाइरहेको छ ।