शुक्रबार, बैशाख ०७, २०८१

हिमपहिरोमा पुरिँदा विद्यार्थीसहित ७ जनाको मृत्यु ,दजनौं बेपत्ता

टोकियो ।  जापानको राजधानी टोकियो नजिक टोकियोको उत्तरी क्षेत्रको हिमपहिरोमा पुरिँदा विद्यार्थीसहित ७ जनाको मृत्यु भएको छ ।

तोचिगी क्षेत्रको नासु भन्ने स्थानमा रहेको एक रिसोर्टमा ती विद्यार्थीहरु रहेका थिए ।

सरकारी अधिकारीहरुले हिमपहिरोमा कति मान्छे फसेका छन् भन्ने पुष्टि नभएको जनाएको जापानको सरकारी सञ्चारमाध्यम एनएचकेले जनाएको छ ।

आगो नियन्त्रण विभागले ३० भन्दा बढी मानिस घाइते भएको जनाएका छन् । हिमपहिरो स्थानीय समय अनुसार ९ बजेर २० मिनेटमा गएको जनाइएको छ ।

जापानी सञ्चार माध्यमहरुले सातवटा स्कुलका ६० भन्दा बढी स्कुले विद्यार्थीहरु बिहान ७ बजे हिम ढलान चढ्न सुरु गरेका थिए ।

जापानको मौषम विज्ञान विभागले उक्त क्षेत्रमा हिमपहिरोहरु जानसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।