सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्षमा एमालेबाट शेर्पा विजयी

सोलुखुम्बु । सगरमाथा आधार शिविरमा रहेको खुम्बु पासाङल्हामु गाउँपालिकामा एमालेले जितेको छ ।

मतगणनाको पछिल्लो परिणामअनुसार एमालेका मिङ्मि छिरिङ शेर्पा २०२८ मतका साथ विजयी भएका छन् । कांग्रेसका चुम्बु शेर्पा १६०९ मतका साथ दोस्रो स्थानमा रहँदै पराजित भएका छन् ।

उपाध्यक्षमा पनि एमालेको टसी ल्हमु शेर्पा २०२३ मतसहित विजयी भएकी छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: