शुक्रबार, बैशाख ०७, २०८१

आज प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपतिसँग भेट्दै

काठमाडौं,१४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले चीन भ्रमणको चौथो दिन आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्दैछन् । चीनको बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा हुने भेटमा आपसी हितका बारेमा छलफल हुने बताइएको छ ।

नेपालको सम्बन्ध दक्षिणी छिमेकी भारतसँग नजिक भएको टिप्पणी भइरहेका बेला हुन लागेको उक्त भेटलाई विशेष महत्वका साथ हेरिएको छ ।

भेटमा चीनको ‘वान रोड, वान बेल्ट’ अवधारणमा नेपालको साझेदारीसँगै नेपालको विकासमा चिनियाँ सहयोग र चीनको ‘एक चीन नीति’मा नेपालको धारणबारे पनि छलफल हुने बताइएको छ ।

त्यस्तै पारवहन तथा यातायातसम्बन्धी गत वर्ष भएको सम्झौताका आधारमा तयार गरिएको प्रोटोकल, विद्युत् प्रसारणलाइन तथा ग्रिडलगायत सीमासम्बन्धी विषयमा छलफल हुनेछ । लगानी, सरकारी संस्थाहरूको क्षमता अभिवृद्धि, रेलवे, पूर्वाधारलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।