मङ्गलबार, बैशाख ०४, २०८१

मध्यान्हसम्म ३५ प्रतिशत मतदान, उत्साहित मतदाता (फोटो फिचर)

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उत्साहजनक रूपमा मतदान भइरहेको जनाएको छ । आयोगका अनुसार मध्यान्ह १२ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान भएको छ ।

मुलुकका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको आयोगले जनाएको छ । दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको आयोगले जनाएको छ । ती ठाउँमा पुनः मतदान सुरु गर्न प्रयास भइरहेको आयोगले जनाएको छ ।