शनिबार, बैशाख ०८, २०८१

धुर्मुस सुन्तलीलाइ कोरियावाट एघार लाख भन्दा वढी आर्थिक सहयोग

कोरिया : दक्षिण कोरियामा रोजगारिको शिलशिलामा आएका कुनै पनि राजनितिक पार्टीमा आबद्द नभएका, कुनै दलको पार्टी झण्डा र आस्था नबोकेका जुझारु स्वतन्त्र र समाज सेवामा सक्रिय युवाहरुको समूह ‘स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान’ ले बर्दिबास २, महोत्तरी स्थित मुसहर बस्ति निर्माणार्थ धुर्मुस सुन्तली फाउन्डेसनलाइ आर्थिक सहयोग रकम १,१८४,८६३/-एघार लाख चौरासी हजार आठ सय त्रिसट्ठी रुपैयाँ मात्र) हस्तान्तरण गरेको छ ।

कोरियामा रहेका मनकारी,सहयोगी भावना भएका राष्ट्रप्रेमी नेपाली सहयोगदाताहरु बाट यस आर्थिक सहयोग संकलन छोटो समयावधी तीन हप्ता मात्र अन्तिम मितिनै तोकेर सुरु गरेको थियो। अभियानमा कोरियामा रहेका करिब चार सय जना भन्दा बढी सहयोगी दाताहरुबाट सहयोग रकम प्राप्त भएको यस आर्थीक सहयोग संकलन संयोजक यम श्रेष्ठले जानकारी गराए । समुह तथा अभियानका मुख्य संयोजक सर्वजित शाह र यस अभियानको आर्थिक सहयोग संकलन संयोजक यम श्रेष्ठको अगुवाइमा संकलन उक्त रकम अभियन्ता एल बि श्रेष्ठको संयोजनमा एकदिन श्रमदान गर्दै स्वतन्त्र राष्ट्रप्रेमी सचेत नागरिक एकता अभियानका अभियन्ताहरुको रोहबरमा सहयोग रकम फाउन्डेसनका अध्यक्ष शिताराम कट्टेललाइ हस्तान्तरण गरेका छन् ।

देश बिदेशमा रहेका सम्पुर्ण नेपालीहरु एक आपसमा भाइचारा, सद्भाव र एकता कायम गरौ! सम्पुर्ण नेपाली स्वतन्त्र जनता पनि सचेत र बिबेकशिल बनौ भन्ने मुल आशय रहेको अभियानका संयोजक सर्वजित शाहले बताउनु भएको छ। यसै गरि बिदेशी भुमीमा राजनितिको नाममा आफ्ना दाजुभाइ दिदी बहिनी बिचमा फाटो र बिबाद नहोस् सबैले मिलेर राष्ट्र निर्माणमा आ आफ्नो तर्फबाट सकेको सहयोग र सद्भाव देखाउन सबै एकजुट हुनुको बिकल्प नरहेको अभियन्ता द्वय राम दत्त जोशी (नेपालको राम) र अरुण श्रेष्ठ (इपियस छिङु) ले बताउनु भयो। अर्का अभियन्ता साजन शर्माले (प्रदिप) राजनिती र नेतालाईमात्र गालीगरेर समय फाल्नु भन्दा मानविय सेवा र सद्भावकोलागी समर्पित हुनूपर्नेमा जोड दिनुभयो।

हस्तान्तरण कार्यक्रममा फाउन्डेसनका अध्यक्ष तथा लोकप्रिय हास्य कलाकार सिताराम कटेल (धुर्मुस) र कुन्जना धिमिरे ( सुन्तली) ले सम्पुर्ण सहयोगी मनहरुमा यति ठुलो सहयोग रकम जुताएर सहयोग गर्नु भएकोमा र महा अभियानमा साथ दिनु भएको स धन्यवाद आभार प्रकट गर्नु भएको थियो।