एमाले मन्थलीको घरदैलो फुलासीमा, मेयरका उम्मेदवार श्रेष्ठले जनाए यस्तो वचनवद्धता

मन्थली : नेकपा एमाले मन्थली नगर कमिटीले उम्मेदवार सहितको घरदैलो तथा चुनावी अभियान आज मन्थली १३ फुलासीमा आयोजना गरेको छ ।

नगर प्रमुखका उम्मेदवार लब श्रेष्ठ र उपप्रमुखका उम्मेदवार इश्वरी बस्नेत सहितको टोली आज फुलासी पुगेको हो । एमाले बागमती प्रदेश कमिटी सदस्य रत्न गौतमको समेत उपस्थितीमा फुलासीमा चुनावी सभा र घरदैलो कार्यक्रमको आयोजना गरिएको एमाले मन्थली नगर कमिटीका अध्यक्ष रामबाबु घिमिरेले जानकारी दिए ।

वडाध्यक्षका उम्मेदवार नवराज थापा मागर र ४ जना सदस्यहरुसहित मेयर र उपमेयरका उम्मेदवारले सामूहिक रुपमा घरदैलो कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा मेयरका उम्मेदवार श्रेष्ठ र उपमेयरका उम्मेदवार बस्नेतले स्थानीयका समस्या, आकांक्षा, आवश्यकताको टिपोट पनि गरेका छन् ।

शिक्षा, स्वास्थ्य लगायतका विषयमा कार्यक्रममा सहभागीले आफ्ना मागहरु राखेका थिए । मागका सम्बन्धमा स्थानीयसँग घरदैलोकै क्रममा मेयरका उम्मेदवार श्रेष्ठले आफूलाई विजयी गराउन अनुरोध गर्दै यहाँका आवश्यकता, माग र स्थानीयको आकांक्षा आफूले टिपोट गरेको भन्दै निर्वाचित भएपछि पाना पाना पल्टाएर समाधान गर्ने बचतवद्धता जनाएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: