शनिबार, असोज ०८, २०७९

एक वर्ष सम्म संचालित अनलाईन कक्षा समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम

मायालु लामा, काठमाडौं । बौद्ध धर्म, दर्शन, विस्तार र सम्वर्द्धनको लागि हिमालयन बौद्ध शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण केन्द्रको आयोजनामा एक वर्ष सम्म संचालित अनलाईन कक्षा समापन गरिदै छ ।

बौद्धस्थीत अन्तर्राष्ट्रिय होटल टिबेटमा एक कार्यक्रम आयोजना गरी आगामी वैशाख १९ गते उक्त अनलाईन कक्षा समापन तथा प्रतिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण कार्यक्रम गर्न लागिएको केन्द्रका अध्यक्ष कोशिस लोब्साङ वाइबाले जानकारी दिए । श्रद्धेय धर्मगुरु क्याब्जे सेरकोङ दोर्जे छ्याङ रिन्पोछे ज्युको प्रमुख आतिथ्यता र नेपाल सरकार संस्कृति, प्रर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, बौद्ध दर्शन प्रर्वद्धन तथा गुम्बा विकास समितिका अध्यक्ष गेशे थुप्तेन यिशे लगायत विभिन्न खेन रिन्पोछे, खेन्पो र लोपेनहरुको विशेष आतिथ्यता हुने उक्त कार्यक्रममा सम्पूर्ण प्रतिक्षार्थीहरु लगायत सम्पुर्ण श्रद्धालु भक्तजनहरुलाई उपस्थितिका लागि आग्रह गरिएको छ।

साथै, उपत्यका बाहिर हेटौंडा, चितवन, पोखरा, काभ्रे, नूवाकोट, रसुवा, धादिङ, गोर्खा, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, सिरहा, बारा, रौतहट र सर्लाही लगायत जिल्लाको प्रतिक्षार्थीहरुलाई कार्यक्रममा अनिवार्य उपस्थित हुन आग्रह गरिएको छ । यस्तै, पुर्वी तथा पश्चिम जिल्लाको प्रतिक्षार्थीहरुलाई समेत सकेसम्म उपस्थिति हुन आग्रह गरिएको छ । यसैगरी, नेपाल बाहिर रहनेहरुका लागि भने आफन्त मार्फत लिन सक्नुहुनेछ भने भुटान र भारतको लागि ईमेल गरिने केन्द्रका अध्यक्ष वाइबाले जानकारी दिए ।

सम्भोटा र संस्कृत भाषाको शिक्षाले धार्मिक सद्भाव बढाउदै लिपि, भाषा बाहेक धार्मिक सद्भावको ज्ञान पनि दिने भएकाले पनि सम्भोटा लिपि प्रशिक्षण गरिएको वाइबाको भनाई छ । प्रशिक्षणपछि प्रशिक्षित भएकाहरुलाई पनि श्रद्धेय धर्मगुरुबाट समय समयमा विभिन्न प्रवचन कार्यक्रमहरु समेत संचालन गर्दै आईरहेका छ ।

गौतम बुद्धको उपदेशलाई विश्व शान्तिका लागि मार्गदर्शन सन्देशका रुपमा स्वीकार र अनुशरण गरी शान्ति, बन्धुत्व, मैत्री तथा सद्भावना प्रवर्धन गर्नुपर्ने देखिन्छ । पक्कै पनि बौद्ध शिक्षालाई गाउँ गाउँ प्रशिक्षण दिन सके सुसभ्य समाज निर्माणको लागि सहयोग पुग्नेछ ।

बुद्ध शिक्षालाई नेपाली जनजनमा स्थापना गर्नु नै आजको आवश्यकता हो । हरेक व्यक्तिले शान्तिको अनुभूति नगर्दासम्म समाज र राज्यमा शान्ति नहुने भएकाले बुद्ध शिक्षालाई बुझ्ने र आत्मसात गर्ने गर्नुपर्दछ । हिमालयन बौद्ध शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण केन्द्रले यसअघि पनि धेरै जिल्लाका विभिन्न गाउँमा पुगेर प्रशिक्षण गरिसकेको छ ।

%d bloggers like this: