शुक्रबार, बैशाख ०७, २०८१

मन्थली ११ का वडाध्यक्षका उम्मेदवार पुलामीद्धारा ११ बुँदे घोषणा-पत्र सार्वजनिक

रामेछाप । नेकपा एमालेका तर्फबाट मन्थली नगरपलिका वडा नं ११ मा वडाध्यक्षको उम्मेदवार बनेका कृष्ण पुलामी (भुपाल)ले घोषणा पत्र सार्वजनिक गरेका छन् । उनले आफूले निर्वाचित भएपछि गर्ने कामको प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । ११ बुँदे प्रतिवद्धतामा उनले सडक पूर्वाधारदेखि शिक्षा र स्वास्थ्य सम्मका विषय अटाएका छन् ।
१) पक्की र स्तरीय सडक सञ्जाल विस्तार गर्ने
२) स्वास्थमा सबैको पहुँच र एम्बुलेन्स सेवा प्रदान गर्ने
३) शिक्षामा विकास र हरेक वडा भित्र पर्ने स्कूल क्याम्पसको सुदृढिकरण गर्ने
४) भूकम्पपछिको पूर्ण निर्माणको काम पूर्णरुपमा सम्पन्न गर्ने र सहुलियत ऋणको ब्यबस्था गर्ने
५) लिफ्टिङ प्रविधिद्वारा निर्माणाधीन खानेपानीको पहलका साथसाथै पानी तान्ने र सिचाई असुविधाबाट मुक्त गराउने
६) पर्यटनको लागि पूर्वाधार विकास र पर्यटन विकास
७) वन तथा वातावरण संरक्षण
८) स्थानीय स्तरमा स्वरोजगार मुलक शिप, प्रविधि तालिम साथै पूर्वाधार विकास गरी स्थानीय स्तरमा नै प्रशस्त आम्दानी गर्न सकिने वातावरण सिर्जना गरी बढ्दो युवा पुस्ता पलायनलाई रोक्ने
९) छूवाछुत, जातीय, वर्गीय, लैङ्गिक विभेद लगायत कु प्रथाहरुको अन्त्य गरी सौहार्दपूर्ण सामाजिक वातावरण सिर्जना गर्ने
१०) खेलकुद र खेल मैदानको विकास गर्ने
११) सामाजिक र सांस्कृतिक वातावरणको साथै, मन्दिर, पाटी, पौवा, चौताराको संरक्षण र विकास गर्ने