मङ्गलबार, बैशाख ०४, २०८१

के हो तोकुतेइ गिनोउ ?

अमर देव बास्तोला/ जापान ।
विभिन्न क्षेत्रमा कामदारको अभाव झेलिरहेको जापानले सन् २०१९ को अप्रिल महिनादेखि विभिन्न जापानी औधोगिक क्षेत्रमा विदेशी कामदार भित्र्याउने उद्येश्यले “विशिष्ट दक्ष जनशक्ति (SSW)” नामक नयाँ भिसा दिन सुरु गरेको कुरा सर्वविधित नै छ ।
कामदार परिपूर्ति गर्न जापानले नयाँ नियमावली जारी गरेतापनि विभिन्न प्राविधिक एवं कोरोनाका कारण बिग्रदो आर्थिक स्थितीले गर्दा विदेशी कामदारहरू भित्र्याउन असमर्थ रहेको स्थिति यथावत नै छ ।
यता नेपालमा भने सहजै र छिट्टै जापान पठाइदिने प्रलोभनमा धरौटीको रूपमा अप्रत्याशित रकम अशुल गर्ने र विवादित एवं म्यानपावर एजेन्सीहरूको अवैधानिक प्रावधानलाई लिएर बढेको विवाद तथा समाचारहरू सामाजिक संजालमा यततत्र बढिरहेका छन् ।
खासमा के हो त विशिष्ट दक्ष जनशक्ति ? के के छन् त प्रवधान यसको लागि ? कति शुल्क लाग्छ त विशिष्ट दक्ष जनशक्तिको रूपमा जापान जान ? यस्ता खालका विभिन्न प्रश्नहरू त सबैको मनमा उब्जिरहेको अवश्य नै छन् । यसका साथै कानुनी प्रवधान उत्तिकै झन्झटिलो हुने भएकाले यही कठिनतालाई तार्गेट गरेर अप्रत्याशित ठगी र रकम अशुलीका कामहरू हाकाहाकी मौलाइरहेका छन् ।
आउनूहोस् यसको बारेमा केही अध्ययन र चर्चा गरौँ ।

ROYAL अन्तर्राष्ट्रिय कानूनी कार्यालयका प्रशासनिक वकिल मासाकाजु यामासुमी
के हो विशिष्ट दक्ष जनशक्ति ?
नयाँ भिसा प्रणाली “स्पेसिफाइड स्किल्ड वर्कर” SSW जापानमा श्रमशक्तिको अभावलाई परिपूर्ति गर्न जापान सरकारको मान्यता प्राप्त नयाँ भिसा प्रणाली हो ।
यस भिसामा जापान प्रवेश गर्न कस्तो दक्षता चाहिन्छ ?

सबै बिदेशी कामदारहरूले सम्बन्धित क्षेत्रको सम्बन्धित सीप र योग्यताको प्रमाणपत्र अनिवार्य लिएको हुनु पर्दछ । यस भिसा अन्तर्गत कुन – कुन क्षेत्रमा काम गर्न पाइन्छ ?

■ १४ वटा क्षेत्र भन्नाले कुन कुन क्षेत्रहरू पर्दछन् ?
जापान सरकारले यस अन्तर्गत विभिन्न क्षेत्रहरू मध्ये हाल १४ वटा क्षेत्रहरूमा काम गर्नको लागि अनुमति दिएको छ ।

➡️ यस अन्तर्गत पर्ने क्षेत्रहरु निम्न छन् :-
● नर्सिङ तथा स्याहार सुसार
● भवन सरसफाइ तथा व्यवस्थापन
● मेसिनरी पार्टपुर्जा तथा औजार बनाउने उद्योग
● औद्योगिक मेसिन उत्पादन गर्ने उद्योग
● इलेक्ट्रिकल र इलेक्ट्रोनिक जानकारी सम्बन्धी
● निर्माण उद्योग
● जहाज निर्माण तथा समुन्द्री उद्योग
● अटोमेबाइल मर्मत उद्योग
● उड्डयन सम्बन्धी
● होटल सम्बन्धी
● कृषि
● माछापालन सम्बन्धी
● खाद्य र पेय पदार्थ सम्बन्धी
● फुड सर्भिस व्यवसाय सम्बन्धी
यसरी १४ वटा क्षेत्रलाई जापान सरकाले मान्यता दिएको छ ।

विशिष्ट दक्ष जनशक्ति ‘एक’ र ‘दुई’ भनेको के हो ?

जापानमा माथि उल्लेखित विभिन्न क्षेत्रहरूसँग सम्बन्धित योग्यताको प्रमाणपत्र लिएर काम गर्ने अवधि विशिष्ट दक्ष जनशक्ति ‘एक’ हो । यसको अधिकतम अवधि पाँच वर्षको हुन्छ ।
तसर्थ, यदि तपाइँ जापानमा त्यो भन्दा माथि रहन चाहनुहुन्छ भने, तपाइँले “विशिष्ट दक्ष जनशक्ति २” भएको उद्योग छनौट गर्नुपर्छ वा अर्को भिसामा परिवर्तन गर्नुपर्दछ ।

यस्तै जानकारी मुलक सामाग्री लिएर पुनः अर्को पटक पनि लिएर उपस्थित हुने जानकारी गराउँदछौँ ।

लेखक काबुसिकी खाइस्या ग्लोबल ट्रस्ट बिजिनेस ग्रुप (GTB) का बिजिनेस डेभलोपमेन्ट पार्टनर हुनुहुन्छ ।