मङ्गलबार, बैशाख ०४, २०८१

कलिउड हवको आयोजनामा“फेस अफ कर्पोरेट २०२२”हुने, आवेदन खुला

काठमाडौँ । कलिउड हव मिडिया प्रा.लीले कपोरेर्ट क्षेत्रमा आवद्द रहेका महिला तथा पुरुष लक्षित सौन्दर्य प्रतियोगिता ‘‘फेस अफ कर्पोरेट २०२२” को पहिलो संस्करण आयोजना गर्ने जनाएको छ ।

सोमबार राजधानीको अनामनगरस्थित क्याफे केटिएम हाईटमा एक पत्रकार सम्मेलन गर्दै नेपाली सौन्दर्य प्रतियोगिता जगतमै पहिलो पटक विभिन्न क्षेत्रका व्यवसाय तथा रोजगारीमा आवद्द रहेका उद्यमी महिला तथा पुरुषहरु लक्षित सौन्दर्य प्रतियोगिता ‘‘फेस अफ कर्पोरेट २०२२” आयोजना गर्न लागिएको आयोजकले जनाएको हो ।

कलिउड हवका अध्यक्ष राजन खरेलले मुलुकका विभिन्न कर्पोरेट संस्थानमा आवद्द साथै कर्पोरेट क्षेत्रमा आफ्नो भविष्य खोजिरहेका उद्यमी महिला तथा पुरुषहरुले समेत प्रतियोगीतामा सहभागी हुन सक्ने बताए । लाइफ स्टाइल नेपाल डट कम र द लाइफ स्टाइल म्यागजिनको संचालक समेत रहेका खरेलले प्रतियोगीतामा १८ वर्षदेखि माथिको उमेर समूहका महिला/पुरुषले सहभागी हुन पाउने जानकारी दिए । अध्यक्ष खरेल विश्वको अग्लो स्थानमा म्युजिक भिडियो निर्माण गरि गिनिज बुकमा नाम लेखाउन सफल समेत भएका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै चलचित्रकर्मी, संगीतकर्मी, पत्रकार तथा उपस्थित व्यक्तित्वहरुले नेपालमा हालसम्म भएका सौन्दर्य प्रतियोगिता भन्दा यस प्रतियोगिता फरक खालको भएको बताउँदै फेस अफ नाम नै एक उत्कृष्ट भएकाले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरेका थिए ।

फेस अफ कर्पोरेट प्रतियोगितामा सहभागी हुन ईच्छुक प्रतिस्पर्धीहरुको लागि कलिउड हवको कार्यालय बागबजारमा नै आएर फारम भर्न सकिनेछ भने अनलाईन मार्फत फारम भर्न चाहनेहरुका लागि ग्लोबल अनलाईन पेको वेवसाईटमा पनि फारम उपलब्ध भएको आयोजकले जनाएको छ । प्रतियोगिताका विजेता तथा उत्कृष्टलाई “फेस अफ कर्पोरेट २०२२” को शिर्ष ताज उपाधिसहित नगद रु पचास हजार प्रदान गरिने पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियो । साथै, अन्य विभिन्न १५ विधामा पनि विजेता छनौट गरि गिप्ट ह्याम्परहरु प्रदान गरिने आयोजकको भनाई छ ।

कर्पोरेट क्षेत्रमै आफ्नो भविष्य खोजिरहेकाहरुलाई विशेष ध्यानाकर्षण गरी आयोजना गरिएको उक्त प्रतियोगिताले उनीहरुको व्यक्तित्व विकास, शैक्षिक विकासका साथै रोजगारीको लागि विभिन्न आकर्षक अवसर प्रदान गर्नेछ । यस्ता खालका प्रतियोगिताले उनीहरुमा भएका क्षमतालाई उजागर गरी नेतृत्वदायी क्षमताको विकास गराई कुसल व्यवसायिक व्यक्तित्व बन्न सहयोग पुग्ने आयोजकको विश्वास छ ।

व्यवसायमा पनि उद्यमीहरुको सक्रियता बढाउन जरुरी भएकाले सफलता प्राप्त गर्नुका साथै सिप, क्षमता र दक्षतामा वृदि हुनु आवश्यक रहेको पाईन्छ । उद्यमी महिला तथा पुरुषहरुलाई अग्रपंत्तिमा लैजानुका साथै व्यवसाय तथा रोजगारीमा रहेका उद्यमीहरुलाई हौसला प्रदान गर्न सके पक्कै पनि समाज परिवर्तन हुन सक्छ । हुनत, सौन्दर्य प्रतियोगितालाई आफैँमा सिकाइको बहुआयामिक थलोको रुपमा लिईन्छ । किनकी त्यस्ता प्रतियोगिताले नै व्यक्तिको सशक्तीकरण र समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान दिने गर्दछ। तसर्थ, सौन्दर्य प्रतियोगिता आफैँमा करियर नभएर अनेकन करियरका लागि अवसर सिर्जना गर्ने थलो हो ।