शनिबार, असोज ०८, २०७९

मन्थली १२ को वडा अध्यक्षमा युवा नेता खुसहरि बुढाथोकी सर्बसहमत सिफारिस

रामेछाप । नेकपा (एमाले) रामेछाप मन्थली नगरपालिका वडा नम्बर १२ मा आगामी स्थानीय निर्वाचनको लागी वडा अध्यक्षको उमेद्दारीमा युवा नेता खुसहरि बुढाथोकी सर्बसहमत सिफारिस हुनु भएको छ ।
एमाले मन्थली १२ नगर कमिटीका अध्यक्षसमेत रहनु भएका बुढाथोकीलाई गेलु पशुपति मन्दिर परिसरमा आइतबार भएको भेलाले अध्यक्षका उमेद्दारमा सर्वसहमति सिफारिस गरेको हो ।
विगतदेखी एमालेले किल्ला रहेको गेलू हाल मन्थली नगरपालिका १२ मा यस पटक युवा नेता बुढाथोकीको आगमनले झन बलियो जीत हुने अनेरास्ववियुका केन्द्रीय सदस्य स्थानीय नेता सागरहरि अधिकारीले बताउनु भयो ।
भेलामा एमाले बागमति प्रदेश कमिटीका सदस्य तथा वर्तमान वडा अध्यक्ष कृष्णहरि अधिकारी, एमाले रामेछापका उप-सचिब प्रकाशकुमार कार्की लगाएत स्थानीय एमालेका नेताहरुको बाक्लो उपस्थिति थियो ।
गेलुको बिकास, शैक्षिक, राजनैतिक , सहकारी र सामाजिक संघसंस्थाको क्षेत्रमा सफल नेतृत्व गरिसक्नु भएको एउटा सालिन समाजसेवी सबैको लोकप्रिय र विकासप्रेमी बुढाथोकीले केहि समय मास्टर पेशा, इंजीनियरिङ र स्थानीय विकासको काम गरेका छन ।

%d bloggers like this: