बिहिबार, बैशाख ०६, २०८१

नेपाली महिला रेस्लर भगवतीले अमेरिकी पुरुष रेस्लरलाई गरिन पराजित

काठमाडौं ।  नेपाल महिला रेस्लर भगवती खड्का (युनिका) ले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा अमेरिकी पुरुष रेस्लरलाई शनिबार पराजित गरेकी छन् ।

नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित प्रतियोगितामा भगवतीले अमेरिकी रेस्लर पेड्रोलाई सिंगल म्याचमा पराजित गरेकी हुन् ।

भगवतीसंग सिंगल म्याच खेल्नुअघि पेड्रोले भारत र नेपालका अभिराज सिंहसंग ट्रिपल थ्रेट म्याच खेलेका थिए । त्यसमा पेड्रोले बाजी मारेका थिए । उक्त जितसंगै भगवतीले पेड्रोलाई सिंगल म्याचका लागि ‘च्यालेन्ज’ गरेकी हुन् ।

भृकुटिमण्डपमा भएको प्रतियोगिताको पुरुष सिंगल म्याचमा नेपाली ब्रोले पाकिस्तानका शेर खानलाई हराए । सिंगल म्याचकै महिलामा दुई भिडन्त भएको थियो । दुवै भिडन्त नेपाली रेस्लरबीच भएको थियो । पहिलोमा मनीषा रानाभाटले सपना माझीलाई पाखा लगाइन् भने अर्कोमा स्नेहा थापा मगरले सपना गोपालीको चुनौती पन्छाइन् ।