शनिबार, बैशाख ०८, २०८१

नेपाल तामाङ समाज जापानको केन्द्रीय महाधिवेशन मे २२ तारिख हुने

टोकियो । नेपाल तामाङ समाज जापानको केन्द्रीय महाधिवेशन आगामी मे महिनाको २२ तारिखमा गर्ने भएको छ ।
केन्द्रीय महाधिबेशन अगावै सबै क्षेत्रको क्षेत्रीय अधिबवेशनहरू सम्पन्न गरेको समाजले केन्द्रीय अधिवेशन मे २२ मा गर्ने गरी तयारी थालेको बताएको छ ।

जापानका च्यूबु, किता कान्तो, क्यूस्यु, ओकीनावा र कान्साई क्षेत्रको अधिबेशन बिभिन्न समयमा सम्पन्न गरेको हो । समाजले क्षेत्रको कार्यसमितीहरू सर्बसम्मतिमा चयन भएको जनाएको छ ।
केन्द्रको महाधिवेशन अगावै सबै क्षेत्रको अधिवेशन सम्पन्न गर्नु संस्थाको विधी, विधान र पद्धति अनुरूप हुन सफल भएको जनाएको छ । मे २२ मा हुने केन्द्रको महाधिवेशनमा नवनिर्वाचित क्षेत्रका अध्यक्षहरू प्रतिनिधीको रुपमा सहभागी हुनेछन भने कार्यसमितीका र जापानभरका तामाङहरुले सहभागिता जनाउन सक्ने बताएको छ ।

मे २२ तारिख टोकियोमा हुने उक्त महाधिबेशनमा पहिलो पटक सबै क्षेत्रका क्षेत्रिय प्रतिनिधिहरूको उपस्थित हुने भएको छ । साथै केन्द्रमा सबै क्षेत्रको प्रतिनिधित्व गराउँदै बिधानले तोकिए बमोजिमको अधिकार र स्थानमा समेट्ने गरी गृहकार्य भईरहेको महासचिब बलराम थिङले जानकारी दिनुभयो ।

यसै बीच संस्थाको प्रकाशनमा प्रकाशित भएको तामाङ भाषाको पुस्तक “तामाङ भाषा सिकौँ” को बिक्री बितरण गर्ने र संस्थाको संस्थागत तामाङ जागरण गीत आठौँ महाधिवेशनको अवसर पारेर दर्शक श्रोताको माझमा सार्वजानिक गर्ने गरी तयारी तिव्र पारेको अध्यक्ष रूबिना तामाङले जानकारी दिनुभयो ।

कोरोना महामारीका वीच पनि आफ्नो २ बर्षे कार्यकालमा धेरै सामाजिक कार्यहरू गर्न सफल भएको समाजले आगामी हुने महाधिवेशनमा समाजका कार्यहरूको प्रगति विवरण सहितको प्रतिवेदन संगै आर्थिक प्रतिवेदनलाई पनि स्पष्ट रूपमा प्रस्तुत गर्ने संस्थाका कोषाध्यक्ष गिर बहादुर तामाङले जानकारी दिनुभयो ।

साथै महाधिवेशनमा एकल जातीय संघ/संस्था र जापानमा क्रियाशिल अन्य संघ/संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिताका लागि पत्रचार भइरहेको समाजले जनाएको छ ।
जापानमा प्रतिष्ठित तथा परिचित संस्थाको रूपमा रहेको नेपाल तामाङ समाज जापानको आठौं महाधिवेशन कोभिड-१९ र केही आन्तरिक गृहकार्यको कारण मार्च २७ मा हुने भनिएको महाधिवेशन मे २२ मा गर्ने निर्णय गरेको थियो ।