शुक्रबार, बैशाख ०७, २०८१

उपत्यकामा बढ्यो सार्वजनिक सवारीको भाडा, वैशाख एक गतेदेखि लागू हुने

काठमाडौं । बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसँगै ट्याक्सीको भाडा बढाएको छ । प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी वैशाख १ गतेदेखि लागू हुने गरी काठमाडौं उपत्यकाको हकमा सार्वजनिक सवारी (बस) र प्रदेशभर लागू हुने गरी ट्याक्सीको भाडा बढाएको हो । प्रदेश सरकारले पेट्रोलसँगै विद्युतबाट चल्ने ट्याक्सीको समेत भाढा बढाएको हो।

पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीको सुरुको फ्लाग डाउन ५० रुपैयाँ कायम भएको छ। यस्तै, दिउँसोको समयमा प्रति २०० मिटरको भाडा ८ रुपैयाँ ८० पैसाबाट बढाएर १० रुपैयाँ कायम गरिएको छ । रात्रिकालीन ट्याक्सी सेवामा सुरुको फ्लाग डाउन ५० रुपैयाँ नै कायम राखिएको छ भने प्रति २०० मिटरको भाडा १५ रुपैयाँ पुर्याइएको छ।