शनिबार, बैशाख ०८, २०८१

आज प्रधानमन्त्री प्रचण्ड चीन प्रस्थान गर्ने

काठमाडौं,१० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल सातदिने भ्रमणका लागि आज बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चीन जाँदै छन् । उनी बिहीबार राति ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चीनतर्फ उड्नेछन् । बोआओ फोरमको सम्मेलनमा भाग लिन चीन जान लागेका प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ, उपप्रधानमन्त्रीस्तरका नेता झाङ गाओलीलगायतसँग भेटवार्ता गर्ने बताइएको छ ।

दाहालले चैत १२ गते बोआओ सम्मेलनलाई सम्बोधन गर्ने छन् । प्रधानमन्त्री प्रचण्डले चिनियाँ शीर्ष नेता झाङसँग ११ चैतमा हँइनानमा द्विपक्षीय छलफल गर्ने छन् । तर भ्रमणका क्रममा चीनसँग कुनै सम्झौता नहुने बताइएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले बेइजिङ फरेन स्टडिज युनिभर्सिटीमा नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

उद्द्घाटनपछि उनले नेपाल-चीन सम्बन्धका विषयमा विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ ।