शनिबार, असोज ०८, २०७९

राखेपका सदस्य सचिव टंकलाल घिसिङको नियुक्ती सर्वोच्चद्धारा सदर

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङको नियुक्ती सदर गरेको छ । परिषदबाट आफूलाई बर्खास्त गर्ने निर्णयविरुद्ध तत्कालिन सदस्यसचिव रमेश सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गर्दै घिसिङको नियुक्ती सदर गर्ने फैसला गरेको हो ।

मंगलबार न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलासले सिलवालले दायर गरेको रिट खारेज गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
रिट खारेजीपछि वर्तमान सदस्य सचिव टंकलाल घिसिङलाई राखेप सदस्य सचिवका रुपमा काम गर्न बाटो खुलेको छ ।

सरकारले गत १ कात्तिकमा बर्खास्त गरेको थियो र १२ मंसिरमा खुला प्रतिस्पर्धाबाट घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो । तर सिलवालले आफूलाई बर्खास्त गर्ने निर्णयविरुद्ध २८ कात्तिकमा सर्वोच्चमा रिट दायर गरेका थिए ।

%d bloggers like this: