शनिबार, असोज ०८, २०७९

सुनापती–काठमाडौं सम्पर्क मञ्चको प्रथम सम्मेलन सम्पन्न, ५१ जना एमाले प्रवेश

काठमाडौं । नेकपा एमाले रामेछाप सुनापती–काठमाडौं सम्पर्क मञ्चको प्रथम सम्मेलन बिहीबार काठमाडौंमा सम्पन्न भएको छ । एमाले पोलिटब्युरो सदस्य कमल चौलागाईंको प्रमुख आतिथ्यता र एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेलको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा सम्पर्क समन्वय कमिटी सदस्य सरिता दाहाल, एमाले वाग्मती प्रदेश कमिटी सदस्य रामकृष्ण लामा, टङ्क चौलागाईं, भुवन घिमिरे, ज्ञानकुमार योञ्जन, पाल्देन लामा, कृष्णहरि केसी, प्रदेश सम्पर्क कमिटी सदस्य राजेन्द्र श्रेष्ठ, रन्जुकुमार केसी, वासु गौतम, सम्पर्क मञ्च अध्यक्ष राकेश श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

सम्मेलनले कर्णखर गौतमको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्ष मिरा रायमाझी र सुनिल पन्त हुनुहुन्छ । त्यस्तै सचिवमा बलराम श्रेष्ठ चुनिनु भएको छ । उपसचिवमा विनय खड्का र बुद्ध थिङ तथा कोषाध्यक्षमा अम्बिका धमला निर्वाचित हुनुभएको छ । कमिटी ३३ सदस्सीय रहेको छ ।

सम्मेलनले सुरेश खड्काको नेतृत्वमा पालिका अन्तर्गतको बेथान–काठमाडौं सम्पर्क मञ्च, कुमार घिसिङको नेतृत्वमा दिमिपोखरी–काठमाडौं सम्पर्क मञ्च, दीर्घबहादुर श्रेष्ठको नेतृत्वमा खनियापानी–काठमाडौं सम्पर्क मञ्च गठन गरेको छ ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५१ जना एमाले प्रवेश गर्नुभएको थियो ।

%d bloggers like this: