शुक्रबार, बैशाख ०७, २०८१

प्रधानमन्त्रीको भारत भ्रमण तय, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा औपचारिक भारत भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा चैत १८ गते नयाँदिल्ली प्रस्थान गर्नेछन् ।

परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको भारत भ्रमणको औपचारिक जानकारी गराएको हो । भारत रहँदा प्रधानमन्त्री देउवाले वाराणासी र उत्तर प्रदेशको भ्रमण गर्ने मन्त्रालयले जनाएको छ ।

यसपटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो राजकीय भ्रमण हो । प्रधानमन्त्री देउवा र समकक्षी नरेन्द्र मोदीबीच शनिबार हैदरवाद हाउसमा द्विपक्षीय वार्ता हुने छ । भारतीय प्रधानमन्त्री मोदीले सम्मानसहित नेपाली भ्रमण टोलीलाई सोही दिन दिवा भोज आयोजना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै प्रधानमन्त्री देउवाले नयाँदिल्लीमा व्यापारीहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। तीन दिने औपचारिक भ्रमणपछि प्रधानमन्त्री आइतबार स्वदेश फर्किनेछन् ।