मङ्गलबार, असोज ०९, २०८०

गायिका लक्ष्मि तामाङलाई सर्वोत्कृष्ट ‘तामाङ सेलो’ अवार्ड

काठमाडौं । चर्चित गायिका लक्ष्मि तामाङले सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड हात पारेकी छ । काठमाडौंमा सम्पन्न दोस्रो नेशनल आर्ट, म्युजिक एन्ड कल्चर अवार्ड २०७८ मा तामाङले म्हेन्दोमाया भाकामा रहेको गीत चाईना जुत्ता बोलको गीतबाट वेष्ट सेलो गायिकाको अवार्ड पाउन सफल भएकी हुन्।

चर्चित तामाङ सेलो तथा म्हेन्दोमाया गायक रोशन फ्युवाद्वारा निर्देशित उक्त गीतमा फ्युवाकै शब्द संगीत रहेको छ । गीतमा चर्चित कलाकारहरु रोशन फ्युवा ,आरम्भ तामाङ, अस्मिता तामाङ र रोशनी तामाङको अभिनय रहेको छ । उक्त गीतमामा तामाङहरुको मौलिक नाचहरुलाई समाबेश गरिएको देखिन्छ । तामाङ सौर्न्दर्य र संस्कृतिलाई जगेर्ना गर्ने युगीन बिम्ब जोडिएको शब्द श्रृङ्गारलाई भिडियोमा उत्तिकै मिठास गरिएको छ ।

नेपाली गीत संगीतमा लामो समयदेखि सक्रिय तामाङले अवार्डले थप हौसला मिलेको भन्दै आफ्नो कर्मलाई निरन्तरता दिन अझ प्रेरणा मिलेको बताईन । उनले आफुले गरेको मेहनत र संघर्षकै फल यो अवार्ड चुम्न सफल भएको बताईन । सबै दर्शक स्रोताहरुको अथाहा माया र साथ सहयोगसँगै निरन्तर मेहनत र संघर्षले अवार्ड हासिल गरेकी उनी बताउँछिन् ।

दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ मा गीतसंगीत, चलचित्र तथा सौन्दर्यका विविध ६५ विधामा अवार्ड प्रदान गरिएको थियो। कार्यक्रममा वरिष्ठ गीतकार तथा निर्देशक दयाराम दाहाललाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो भने वरिष्ठ गायक आनन्द कार्कीलाई स्वरभूषण सम्मान प्रदान गरिएको थियो।

यसैगरी, गायिका लक्ष्मि तामाङ राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ निम अवार्डमा पनि चाईना जुत्ता कोलको गीतबाट नै सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको सूचिमा पर्न सफल भएकी छिन् । अवार्ड वितरण कार्यक्रम भने आगामी चैत्र २० गते हुनेछ ।