शनिबार, असोज ०८, २०७९

राष्ट्रिय संगीतकर्मी संघ केन्द्रीय समितिद्वारा संस्थागत प्रशिक्षण कार्यक्रम सम्पन्न

ललितपुर । राष्ट्रिय संगीतकर्मी संघ केन्द्रीय कार्यसमितिबाट आयोजित संस्थागत प्रशिक्षण कार्यक्रम भव्य सब्य र मर्यादित रुपमा काठमाडौमा सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख प्रशिक्षक अधिवक्ता तथा संस्था विज्ञ सिताराम अधिकारी हुनुहुन्थ्यो भने प्रशिक्षकमा निवर्तमान अध्यक्ष राजेन्द्र कुमार कार्की पूर्व अध्यक्ष नवराज घोरासैनी निवर्तमान वरिष्ठ उपाध्यक्ष नमराज ढुंगाना लगाएत हुनुहुन्थ्यो ।

कार्यक्रमका सभापति संस्थाका अध्यक्ष विक्रम जंग शाह स्वागत मन्तब्य संस्थाका बरिष्ठ उपाध्यक्ष प्रकाश कटुवाल र सञ्चालन संस्थाका महासचिव अमृत खातीले गर्नुभएको थियो । पूर्व मेची देखि पश्चिम महाकाली सम्मका प्रदेश जिल्ला र पालिका कार्यसमितिका पदाधिकारी तथा सदस्य उपस्थित भएको कार्यक्रममा हामी नेपाली ग्लोबल अमेरिकाका अध्यक्ष अमृत लामा सम्पूर्ण प्रदेशको तर्फबाट बागमती प्रदेशका महासचिव मान बहादुर तामाङ संस्थाका केन्द्रिय सदस्य तथा सुगम संगीतका हस्ती यम बराल केन्द्रिय सदस्य तथा समाजसेवी नारायण सापकोटा केन्द्रिय सदस्य टंक डुम्रे सुलेमान शंकर इकु संस्थाका मानार्थ सदस्य कमल सौराग सम्पूर्ण जिल्लाको तर्फबाट रसुवा जिल्ला अध्यक्ष दावा फिनजो तामाङ र कास्की जिल्ला अध्यक्ष ऋषिराम दाहाल लगाएतले प्रशिक्षण मुलक मन्तब्य राख्नुभएको थियो ।

उक्त प्रशिक्षण कार्यक्रमबाट संस्थागत ज्ञान संस्था सञ्चालन कानुनी प्रक्रिया लगाएतको बारेमा प्रशिक्षण प्राप्त भएको सहभागी कलाकर्मीले जनाएका छन्

%d bloggers like this: