शुक्रबार, चैत १६, २०८०

सुनामी र आणविक प्रकोपको एघार वर्षपछि जापानमा प्रार्थना

भूकम्प र सुनामीका कारण १८ हजार ५०० मानिसको मृत्यु र बेपत्ता भएको ११ वर्ष पुगेको छ । फुकुशिमामा विनाशकारी आणविक पग्लिएको ११ वर्षपछि जापानको उत्तरपूर्वमा मानिसहरूले शुक्रबार प्रार्थना गरेका छन् ।

उत्तरपूर्वी जापानमा मार्च ११ ,२०११ मा गएको ९।० म्याग्निच्युडको भूकम्प अहिलेसम्म रेकर्ड गरिएका सबैभन्दा शक्तिशाली मध्ये एक थियो । स्थानीय समयानुसार शुक्रबार २ः४६ अपराह्नमा सो विनासकारी भूकम्प र सुनामीमा ज्यान गुमाए व्यक्तिहरुप्रति सम्झना स्वरुपमा एक मिनेटको मौन धारण गरिएको थियो ।

जापानी टेलिभिजनले ठूला छालहरूबाट जोगाउनको लागि बनाइएको विशाल समुद्री पर्खालहरूमा उभिएका विद्यार्थीहरूले आशाको सन्देशसहित चित्रित चङ्गा उडाउँदा मानिसहरूले समुद्रतिर प्रार्थना गरिरहेको प्रत्यक्ष फुटेज देखाएका थिए ।

समुद्रमुनि भूकम्पले एक घातक सुनामी ल्यायो जसले सम्पूर्ण तटीय समुदायलाई तहसनहस बनाएको थियो । विपद्को एक दशकभन्दा बढी समय बितिसकेपछि सरकारले वार्षिक अनुष्ठानलाई समापन गरेको थियो । यसवर्ष ज्यान गुमाएकाहरूको सम्झनामा राज्यको अनुदानमा कुनै पनि राष्ट्रिय समारोह भएन ।

सुनामीले ध्वस्त पारेको तोहोकु क्षेत्रमा, व्यक्तिहरु बिहानै तटमा प्रार्थना गर्न भेला भएका थिए । स्थानीय टिभीले फुकुशिमाको नामी क्षेत्रमा अझै हराइरहेका मानिसहरूको वार्षिक खोजी गरिरहेको देखाएको छ । सुनामीमा आफ्नी बहिनी, ज्वाई र भतिजा गुमाएका माछा मार्ने सदाओ कोनले यो दिन मनाउनबाट बच्न प्रयास गरेको बताए । ‘मेरो आफन्त मात्र मारिएनन्, मैले फायर ब्रिगेड नेताको रूपमा आफ्नो कर्तव्यको क्रममा धेरै पीडितहरू पनि देखें,“ उनले भने ।

‘म जानाजानी त्यो दिनको बारेमा विशेष तरिकामा नसोच्ने प्रयास गर्छु । यो एक पीडादायी सम्झना हो जुन मैले सकेमा बिर्सनेछु,“ ६८ वर्षीयाले एक बृद्धले बताएकी छिन् ।