शनिबार, बैशाख ०८, २०८१

स्थानीय तह निर्वाचनमा भाग लिन ८० वटा राजनीतिक दलद्वारा आयोगमा निवेदन

काठमाडौं । स्थानीय तह निर्वाचनमा सहभागी हुन ८० वटा राजनीति दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा भाग दिन ८० वटा राजनीतिक दलले निवेदन दिएका आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । यद्यपि, आयोगमा ११० वटा राजनीतिक दल दर्ता छन् ।

जसमा ८० वटा दलले निर्वाचनमा भाग लिन निवेदन दिएका हुन् । आयोगले फागनु ५ देखि १५ गतेसम्म दल दर्ताका लागि समय निर्धारण गरेको थियो । आयोगका अनुसार राष्ट्रिय दल मान्यता प्राप्त नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीसहित साना दलले निर्वाचनमा भाग दिन निवेदन दिएका छन् ।

दल दर्ताका लागि निवेदन दिने समय सकिएको र अब राजनीतिक दलले बुझाएको कागज कानुन बमोजिम छ कि छैन त्यसबारे छानबिन गरेर मात्र आयोगमा दर्ता गर्ने प्रवक्ता पौडेलले बताए ।