एमालेको मेची–महाकाली अभियानले मधेसमा आफूविरुद्ध फैलाएका भ्रम मात्र चिरेन कि माओवादी, कङ्ग्रेस र मोर्चाका कार्यकर्तालाई हजारौँको संख्यामा पार्टी प्रवेश गरायो । यही देखेर राजनीतिक विचलित भएको सरकारले बढो षडयन्त्रपूर्वक सप्तरीमा मोर्चासंग मिलि घटना घटाएको छ ।
एमालेको कार्यक्रम विथोल्न मोर्चाले हर्कत देखाएपछि हामीले पूर्वनिर्धारित ठाउँबाट मञ्ञ्च सार्यौ । र, आफ्नो कार्यक्रम संचालन गर्यौ । हजारौँ– हजारको संख्यामा ओर्लिएको एमालेको जनसागरलाई रोक्न ठाउँ–ठाउँमा मोर्चाका कार्यकर्ता बसे पनि हामीले त्यस्ता अबरोध छिचोल्दै अगाडि बढेर कार्यक्रम सफल बनायौँ । कार्यक्रम सकिएपछि मोर्चाले प्रहरीमाथि नै पेट्रोल बम हानेपछि प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप भएको हो । प्रहरीले मोर्चाका कार्यकर्तालाई तितरबितर पार्न हवाई फाएर गर्यो, दर्जनौँ अश्रु ग्यास हान्यो तर पनि मोर्चाका कार्यकर्ताले प्रहरीलाई घेरा हालि पेट्रोल बम हान्ने, ढुङ्गामुढा बर्साउने कार्य थालेपछि प्रहरीले दोस्रो टिकापुर घटना घट्न नदिन आफ्नो आत्मसुरक्षाका लागि गोली चलाउन बाध्य भएको हो ।
लोकतन्त्रमा कुनै दलले निष्फिक्री रूपमा नेपालभर संवैधानिक ब्यबस्थामा रहेर आफ्ना नीति तथा कार्यक्रम जनता माझ लान पाउँछ कि पाउँदैन ? जनताको मुल्य तोकेर आन्दोलन गर्ने केही कथित मधेसी मोर्चाको पेवा हो मधेस ? लोकतन्त्रमा निषेधको राजनीति अर्थात सिन्डिकेटको राजनीति हुन्छ ? एमालेले आफूविरुद्ध छरिएको भ्रम चिर्नका लागि सुरु गरेको १५ दिने अभियानमा मोर्चाले किन अबरोध गर्यो ? एमालेको शान्तिपूर्ण कार्यक्रममा मोर्चाले बम राख्ने, जनतालाई लाठी भाला बोक्न बाध्य पार्ने जस्ता अराजनीतिक, अराजक, टोले दादागिरी देखायो । यस्ता गतिविधि राजनीतिक असन्तुष्ट हुन्छ कि आतङ्ककारीको रूप हुन्छ ? सप्तरीको घटनामा हामी दुखी भएका छौँ । हाम्रो शान्तिपूर्ण मेची–महाकाली अभियानमा जुन घटना घट्यो, यसको जिम्मेवार गृहमन्त्री र मोर्चा हुन् र हुनुपर्छ । हाम्रो मेची–महाकाली अभियानको तयारी हुँदैगर्दा गृहमन्त्रीले एक कार्यक्रममार्फत एमालेमाथि आक्रमणमा उत्रिन निर्देशन दिनु कतिको जायज थियो ? गृहमन्त्रीको काम देशमा शान्ति, सुरक्षा कायम गर्नु हो, देशमा मुठभेड निम्त्याउनु र त्यस्ता खाले निर्देशन वा भाषण गर्नु पक्कै होइन ।
अहिलेका गृहमन्त्री विमलेन्द्र निधिमा त नैतिकत्ता भन्ने कुरा कत्ति पनि रहिदैँन । मधेशी मोर्चाको काँधमा बन्दुक राखेर मधेशकै जनतालाई गोली हान्ने र एमालेको सभा बिथोल्ने उनको योजना सफल भएको छ । नेपालमा थुप्रै गृहमन्त्री आए, गए । तर, निधिको जस्तो कुचेष्टा पाल्नेहरु कमै आए ।
अहिलेका गृहमन्त्री विमलेन्द्र निधिमा त नैतिकत्ता भन्ने कुरा कत्ति पनि रहिदैँन । मधेशी मोर्चाको काँधमा बन्दुक राखेर मधेशकै जनतालाई गोली हान्ने र एमालेको सभा बिथोल्ने उनको योजना सफल भएको छ । नेपालम थुप्रै गृहमन्त्री आए, गए । तर, निधिको जस्तो कुचेष्टा पाल्नेहरु कमै आए । २०४४ साल फागुन २९ गतेको एउटा उदाहरण लिऔँ । काठमाडौँको दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच खेल भइरहेको थियो । अचानक हावाहुरीले भागदौड चल्दा ७० जना मारिए । करिब १०० जना घाइते भए । त्यसबेला जनकपुर चुरोट कारखाना लिमिटेड समूह र बंगलादेशको लिबरेसन आर्मी समूहबीच त्रिभुवन शिल्डका लागि फाइनल खेल भइरहेको थियो । त्यस घटनाको जिम्मेवारी लिंदै तत्कालीन शिक्षा, संस्कृति तथा खेलकुद मन्त्री केशरबहादुर विष्टले पदबाट राजीनामा दिए । हावाहुरी सरकारले गर्दा भएको थिएन तर जिम्मेवारी अनुभूति गर्ने व्यक्तिले आफूलाई उत्तरदायी ठान्यो । आफ्नै उत्तेजक अभिव्यक्ति अनि प्रहरीलाई गोली हान्न निर्देशन दिएकै कारण मधेशी जनता मारिए, तर उनलाई रत्तिभर पनि पछुतो छैन् । अलिकति पनि राजनीतिक चरित्र छ भने गृहमन्त्री निधिले पदबाट राजीनामा दिनुपर्छ ।
लोकतान्त्रिक प्रणालीमा कसैले आफ्ना कुरा शान्तिपूर्ण तरिकाले जनताका सामु राख्न पाउँछन् र राख्न पाउनु पर्दछ । त्यसमा अवरोध गर्नु संविधान, मौलिक अधिकार र मानव अधिकारविरुद्धको कार्य हो । त्यस प्रकारका कार्यपद्धति राजनीतिक हुन् नसक्ने भएकोले हाम्रो पार्टीले गलत मान्दछ र विरोध गर्दछ । सप्तरीमा जुन असोचनीय घटना यट्यो, यसप्रति एमालेको सिंगोपंक्ति दुःखित भएको छ । मधेसका जनतालाई अराजक, गैरराजनीतिक गतिविधिमा नलागि राष्ट्रिय एकता, आफ्नो र अरूको मौलिक अधिकार रक्षासंगै सामाजिक सहिष्णुताको पक्षमा लाग्न एमालेले अपिल नै गरिसकेको छ ।
एमालेले तत्कालीन परिस्थितिलाई मध्यनजर गरि मेची–महाकाली अभियान ३ दिनका लागि स्थगित गरेको छ । यो राष्ट्रिय अभियान ३ दिनपछि हेटौँडाबाट सुरु गर्नेछौँ । यथार्थमा तराईका रैथाने जनताको मूल्य तोकेर भारतीय भित्राउने खेल र तराईका रैथाने जनताको हक, अधिकार कटौती गरी अङ्गीकृत नागरिकलाई खुसी पार्ने माग कुनै हालतमा तराईका जनताको माग होइन् । यसप्रति सजक भई निर्वाचनको तयारीमा लाग्नु सम्पूर्ण देशप्रेमी , विकाशप्रेमी, लोकतन्त्रप्रेमी जनसमुदायको उत्तरदायित्व हो ।
हामीले इतिहासका बढो कष्ठकर समयलाई छिचोल्दै प्रजातन्त्र बहालीका लागि ठूलो त्याग गर्यौं । अन्तत २०१५ को आमनिर्वाचनमा बहुमत ल्याएको नेपाली कङ्ग्रेसले सत्ताको मातमा प्रजातन्त्र तत्कालिन राजालाई सुम्पियो । २०४६ सालको जनआन्दोलन होस् या २०६२–६३ को जनआन्दोलन किन नहोस् ? जनताको हक, हित र स्वतन्त्रतासंगै राष्ट्रिय स्वाभिमान र राष्ट्रिय स्वाधिनतासंगै राष्ट्रिय सार्वभौमिकता रक्षाका लागि थिए तर प्रजातन्त्रलाई त्यो बेला शिशु प्रजातन्त्र भन्दै अस्थिरता पैदा गर्नेहरू जो आज आफूलाई लोकतन्त्रको ठेकेदार सम्झिन्छन्, यस्तैबाट आज संक्रमणकालिन अबस्थाको नाममा गणतन्त्रलाई नै संकटमा पार्दैछन् । र, यिनीहरूबाटै गणतन्त्रलाई सबैभन्दा बढी खतरा छ ।
मुलुक यतिबेला निर्वाचनको माहोलमा तात्दै छ । साँच्चै भन्नुपर्दा यतिबेला देश जनताको बहुदलीय जनवादको मार्गदर्शनबाट वलिज्म भएको छ । यसैले पनि सत्ता पक्ष निर्वाचन भन्न साथ लक–लक काँप्दैछ तर पनि देशलाई राजनीतिक अस्थिरता र संक्रमणकालीन अबस्थाबाट मुक्त गराउन एउटा मात्र विकल्प निर्वाचन भएकोले बाध्यताले दाँतबाट पसिना काडि सरकारले निर्वाचन मिति घोषणा गर्यो । अब हुने निर्वाचनको मतपरिणामले धेरै उथुलपुथुल ल्याउने निश्चित छ । सत्ताको लागि विदेशी एजेन्ट बन्नेहरू बढारिनेछन्, जनताको मन मस्तिष्कमा बसि देश र जनताको हितमा काम गर्नेहरू र देशलाई विदेशी हस्तक्षेपबाट मुक्त गराई देशलाई समुन्नत र सुदृढ बनाउनेहरूलाई जनताले बहुमतमा जिताउनेछन् ।
लेखक युवा संघ नेपालका प्रचार विभाग सदस्य हुन् ।