शुक्रबार, चैत १६, २०८०

ओमिक्रोनले नै कोरोना महामारी अन्त्य गराउँछ : डब्लूएचओ

एजेन्सी । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ले महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का निर्देशकले विश्वास व्यक्त गरेका छन् ।

‘ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दैछ,’ डब्लूएचओका महानिर्देशक हान्स क्लुगले भने । उनका अनुसार मार्चसम्म ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित हुनेछ ।

सम्पूर्ण युरोपलाई ढाकेको ओमिक्रोन केही महिनापछि शान्त रहने उनको विश्वास छ । खोपका कारण विश्वव्यापी रुपमा मानिसहरुको रोग प्रतिरोधात्मक क्षमता बढेको बताए । ‘तर, यस वर्षको अन्त्यसम्ममा विश्व शान्त बन्नेछ,’ उनले भने । अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि कोभिड संक्रमण विस्तारै विश्वबाटै घट्दै जाने विश्वास गरेका छन् । अहिले अमेरिकामा कोभिड संक्रमण विस्तारै घट्दो क्रममा रहेको छ ।