शनिबार, बैशाख ०८, २०८१

धादिङको रुवि भ्यालिमा पहिरोले स्काभेटर पुरिंदा तीन जना बेपत्ता

धादिङ । उत्तरी धादिङको रुवि भ्यालि गाउँपालिकास्थित वडा नम्बर-१ पुरुङ भन्ने स्थानमा बाटो खन्ने क्रममा स्काभेटर पहिरोले पुरिंदा अपरेटर सहित तीन जना बेपत्ता भएका छन् ।

रुवि भ्यालिको ठुलो गाउँबाट लिङ्जो जाने सडक खन्ने क्रममा पहिरो खस्दा स्काभेटर पुरिएको हो । स्थानीयले उद्दारको काम जारी रहेको बताएका छन् । घटनास्थल सदरमुकामदेखि तीन दिनको दुरिमा पर्दछ । घटनाबारे थप विवरण आउन बाँकी छ ।