शुक्रबार, चैत १६, २०८०

बुधबार साँझसम्म सभापतिको साझा उम्मेदवार तय गर्छौंः रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बुधबार साँझसम्म पार्टीको १४ औं महाधिवेशनका लागि साझा उम्मेदवार तय गर्ने निर्णय गरेको छ । मंगलबार चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षका नेताहरुको बैठकले महाधिवेशनको नेतृत्वका लागि साझा उम्मेदवार भोलिसम्म तय गरी सार्वजनिक गर्ने निर्णय गरेको हो ।

महाधिवेशनबाट कांग्रेसलाई सफल बनाउने गरी नयाँ नेतृत्व चयन गर्नका लागि भोलिसाँझसम्म आफ्नो पक्षले सहमतिमै उम्मेदवार चयन गर्ने निर्णय गरेको वरिष्ठ नेता पौडेलले जानकारी दिए । त्यसका लागि आजको बैठकमा सहमतिको नजिक पुगिएको पनि उनले दाबी गरे । नेपाली कांग्रेसको १४ औं महाधिवेशन यही मंसीर २४ गतेबाट काठमाडौंमा सुरु हुँदैछ ।

वरिष्ठ नेता पौडेल पक्षबाट पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, नेता सिंह र डा. शेखर कोइराला सभापतिको उम्मेदवारको आकांक्षी छन् । यता, संस्थापन पक्षबाट प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः सभापतिमा उम्मेदवारी दिने बताएका छन् । ।