एमालेको १०औं राष्ट्रिय महाधिवेशन: शेरधन राईले सचिवमा उम्मेदवारी दिने घोषणा

काठमाडौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा शेरधन राईले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नयाँ नेतृत्व चयनका लागि एमालेको दशौं महाधिवेशन भोलि शुक्रबारदेखि चितवनमा शुरु हुँदैछ । प्रदेश १ का पूर्व मुख्यमन्त्री समेत रहेका राईले सचिवमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

विद्यार्थी राजनीतिबाट आएका उनी चार कार्यकाल जिल्ला अध्यक्ष भएका उनी नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएका थिए । पोलिब्टुयरो सदस्य समेत रहेका उनी प्रदेश १ को मुख्यमन्त्री बनेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: