मङ्गलबार, बैशाख ०४, २०८१

एनआरएनएको बिवाद समाधान गर्न पूर्व अध्यक्षहरुको दौडधुप, सहमति तयार गर्ने

काठमाडौं । विभिन्न देशको विबाद नेपाल सरकारले संग पुगेपछिगैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औं महाधिबेशन छिट्टो सम्पन्न गर्ने गरि सहमति तयार गर्न एनआरएनएका पूर्व अध्यक्षहरु सहमत भएका छन ।

सोमबार काठमाडौंमा भएको अध्यक्ष कुमार पन्त सहित, पूर्व अध्यक्षहरुको बैठकमा संगठन अत्यन्त नाजुक अवस्थामा पुगेको, एनआरएनए झन झन बदनाम हुँदै गएको र गैरआवासीय नेपालीहरुलाई एकतामा बाध्नु पर्ने जिम्मेवारी बिपरित विभिन्न् देशमा बिबाद र बिभाजनको कारण भविष्य संकटग्रस्त हुँदै गएकोले यसलाई समाधान गर्न केन्द्रीय समितिलाई परामर्श, सुझाव र सहयोग गर्ने सहमति भएका छन ।

अध्यक्ष पन्तको बिशेष आग्रहमा बसेको पूर्व अध्यक्षहरु उपेन्द्र महतो , शेष घले, जीवा लामिछाने, भवन भट्ट, सहितको बैठकले यस्तो निर्णय गरेको हो ।

यस अघि पूर्व अध्यक्षहरु रहेको संरक्षक परिषदलाई बिबाद समाधानको जिम्मा दिने बिषयमा समिती भित्र मतभेद रहेको खबर बाहिरिए संगै प्रमुख संरक्षक घलेले बैठक बस्न अस्वीकार गर्दै आएका थिए ।

अध्यक्ष कुमार पन्तले घलेलाई भेटेर बिबाद समाधान गर्न सन्योजनकारि भूमिका खेलिदिन आग्रह गरेका थिए ।