शनिबार, बैशाख ०८, २०८१

परिचयपत्र बिनाका कसैलाई पनि घर भाडामा नदिन गृह मन्त्रालयको अनुरोध

काठमाडौँ । सरकारले परिचयपत्र बिनाका कसैलाई पनि घर/कोठा/अपार्टमेन्ट भाडामा नदिन आग्रह गरेको छ । गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी विदेशी नागरिक सीमा नाकाबाट घूसपैठ गरी नेपाल आएर बस्न थालेको भन्दै परिचयपत्र बिनाका कसैलाई पनि घर भाडामा नदिन आग्रह गरेको हो ।

११ जना अफगान नागरिकलाई भारतको बाटो हुँदै भैरहवाबाट काठमाडौंको सिनामंगलमा लुकिछिपी बसेको अवस्थमा सोमबार प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि गृहले कोठा भाडामा लगाउँदा घरबहालमा बस्नेको परिचयपत्र माग्न अनुरोध गरेको हो ।