बिहिबार, बैशाख ०६, २०८१

गुल्मेली समाज जापानको चौंथो अधिवेशन सम्पन, अध्यक्षमा महेन्द्र अधिकारी निर्वाचित

टोकियो । गुल्मी जिल्लाबाट जापानमा आइ विभिन्न पेशा, ब्यवसायी, अध्ययन गर्ने गुल्मेलीहरुको संस्था गुल्मेली समाज जापानको चौंथो अधिवेशन सम्पन्न भएको छ ।

गुल्मेली समाज जापानको चौंथो अधिवेशन सम्पन् अक्टोबर २४ तारिख आईतबार टोकियोको शिनओकुबो सोलमारीको मुरा हलमा सम्पन्न भएको हो ।
समाजको चौंथो अधिवेशनबाट अध्यक्षमा महेन्द्रकुमार अधिकारीलाई सर्वसहमत निर्वाचित गरेको छ । गुल्मेली समाज जापानको चौंथो अधिवेशनले २५ सदस्यीय समिति चयन गरेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
समितिको वरिष्ठ उपाध्यक्षमा दयाराम खराल, उपाध्यक्षहरुमा रामु ढकाल, बावुराम खरेल, टीकाराम खरेल, पर्शुराम न्यौपाने, राम प्रसाद गौतम एवं महिला उपाध्यक्षमा लक्ष्मी महर्दजन केसीलाई निर्वाचित गरेको छ
महासचिवमा संगिता कुँवर, दुई सचिवमा कृष्ण पोख्रेल, सुधीर भण्डारी, कोषाध्यक्ष जीतेन्द्र केसी, सहकोषध्यक्षमा निशान जिसीलाई चयन गरेको छ ।

समाजको सदस्यहरुमा विनोद ढकाल,दिपेन्द्र केसी, ताराराज शर्मा, मनोज रायमाझी, विष्णु प्रसाद सापकोटा, निरज कार्की, लक्ष्मणबहादुर बस्नेत, कुल बहादुर पोख्रेल, र दिनेश भण्डारी चयन गरेको छ ।
गुल्मेली समाज जापानको कार्यसमितिमा बाँकी रहेको सदस्यहरुलाई बैठकबाट मनोनीत गर्ने समाजले जनाएको छ ।