शुक्रबार, चैत १६, २०८०

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ । यसअघि सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि सोमवार बसेको मन्त्रिपरिषद् बैठकबाट बर्खास्त गरिएको सरकारका एक मन्त्रीले जानकारी दिए ।

कार्यसम्पादन प्रभावकारी नभएको भन्दै सिलवाललाई बर्खास्त गरिएको छ । उनलाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।

ओलीकै पालामा नियुक्त भएका राष्ट्रिय युवा परिषद्का अध्यक्ष माधव ढुंगेल र युवा स्वरोजगार कोषका उपाध्यक्ष कल्याण रोकालाई समेत हटाउने तयारी रहेको स्रोतले जनाएको छ ।