बिहिबार, बैशाख ०६, २०८१

नेपाली फुटबल खेलाडीलाई जनही पाँच लाख दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले साफ च्याम्पियनसिप फुटबलमा उपविजेता नेपाली फुटबल खेलाडीहरुलाई जनही ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साफ उपविजेता बनेर नेपाल फर्किएको नेपाली फुटबल टोलीका खेलाडीहरुलाई जनही ५ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

त्यस्तै बैठकले फुटबल टोलीको प्रशिक्षकहरुलाई प्रतिव्यक्ति ३ लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो । तर फाइनलमा भारतसँग ३–० ले पराजित भएको नेपाल उपविजेतामा सीमित रह्यो ।