शुक्रबार, बैशाख ०७, २०८१

चिनियाँ राजदूत यान्छीले यसरी मनाइन् दसैं

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दसैंको टीका लगाएर नेपालीहरुलाई शुभकामना दिएकी छन्।  काठमाडौंस्थित दूतावासमा उनले नेपाली सहकर्मीहरुसँग टीका लगाएकी हुन्।

टीका लगाएको तस्बिर सार्वजकि गर्दै उनले लेखेकी छन्, ‘मेरा नेपाली सहकर्मीहरूसँग दशैं मनाउन पाएकोमा खुशी छु । सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मंगलमय शुभकामना गर्दछु ।’