शुक्रबार, चैत १६, २०८०

जापानमा फेरी एक नेपालीको कोरोना संक्रमणका कारण निधन

टोकियो । जापानमा फेरी एक नेपालीको कोरोना भाईरस संक्रमणका कारण निधन भएको छ । दशैंको पूर्वसन्ध्यामा बाग्लुङ नगरपालिका ७ गैरागाउँ घरभैं हाल जापानको साईतामा केनमा बस्ने करिव ४२ वर्षीय मोहन प्रसाद गौतमको कोरोना संक्रमणका कारण निधन भएको हो ।

कुकमा कार्यरत गौतम कोरोना संक्रमणबाट फोक्सोमा असर गरेका कारण अस्पतालमा उपचार कै क्रममा मंगलबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
श्रीमति र छोरासंगै जापानमा कार्यरत मृतक गौतम झन्डै दुई महिना पहिले कोभिड १९ संक्रमित भै केही दिन अस्पताममा उपचार पश्चात निको भै घर फर्किएको र पुन स्वास्थ्यमा समस्या देखिएपछि अस्पातल पुगेका थिए ।

एक छोरा र एक छोरी नेपालमा रहेका मृतक गौतमको मृत्‍यु कोरोनाले भएकोले दाहसंस्कार स्थानीय सरकारको तर्फबाट यहि शनिबार हुने भएको छ ।
गत हप्ता नै जापानमा कोरोना संक्रमणका कारण पोखराका सुर्जामान गुरुङको निधन भएको थियो ।

हालसम्म जापानमा कोरोना संक्रमणको कारण आधा दर्जन भन्दा बढी नेपालीले अकालमैं निधन भैसकेको छ ।