मुगुमा बस दुर्घटना हुंदा २२ जनाको मृत्यु

काठमाडौं– । मुगुमा मंगलबार भएको बस दुर्घटनामा २२ जनाको मृत्यु भएको छ ।

नेपालगञ्जबाट दसैं मनाउन मुगुका स्थानीय बासिन्दा लिएर आउँदै गरेको बस छायाँनाथ नगरपालिकाको पीनागाउँमा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो । बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।

बस भीरबाट धेरै तल झरेकोले घाइते तथा शवहरु संकलन गर्ने काम भइरहेको प्रजिअ महतले बताउनुभयो । दुर्घटनास्थल दुर्गम भएकाले उद्दारमा कठीनाइ भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: