शुक्रबार, बैशाख ०७, २०८१

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौँ ।  नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । मन्त्रीहरुलाई शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाएकी हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिएसँगै मन्त्री भएकाहरुले सपथ लिएका हुन् । २५ सदस्यीय मन्त्रिपरिषदमा आज मन्त्री र राज्यमन्त्री गरी १९ जना थपिएका थिए ।

असार २९ गते प्रधानमन्त्रीको शपथ लिएलगत्तै देउवाले ४ जना मन्त्री समावेश गरेर सानो आकारको मन्त्रिमण्डल बनाएका थिए ।