शुक्रबार, चैत १६, २०८०

फिलिपिन्स र रुसका दुई पत्रकारलाई यसवर्षको नोबेल शान्ति पुरस्कार

पत्रकारहरु मारिया रेसा र दिमित्री मुरातोभले यस वर्षको नोबेल शान्ति पुरस्कार जितेका छन् । अभिव्यक्ति स्वतन्त्रताको लागि फिलिपिन्स र रुसमा उनीहरुले गरेको उदाहरणीय ‘लडाइँ’का लागि दुई पत्रकारलाई पुरस्कार दिइएको हो ।

नोबेल पुरस्कार कमिटीले यो जोडीलाई प्रजातन्त्र र स्वतन्त्रताका पक्षधर सबै पत्रकारको प्रतिनिधि भनेको छ । उनीहरुले एक करोड स्विडिश क्रोन अर्थात् ११ लाख अमेरिकी डलर पाउनेछन् । ओस्लोस्थित नर्वेजियन नोबेल इन्स्टिच्युटमा विजेता घोषणा गरिएको हो । यो पुरस्कारका लागि ३२९ प्रतिस्पर्धी रहेका थिए। तिनमा जलवायु अधिकारकर्मी ग्रेटा थुनबर्ग पनि समावेश थिइन् ।