बुधबार, बैशाख १२, २०८१

पाँचखालमा पलाञ्चोक मोटर पार्टस सञ्चालनमा

काभ्रे । काभ्रे पलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा ४ तामाघाटमा सुविधा सम्पन्न मोटर पार्टस पसल सञ्चालनमा आएको छ ।

बिहिबार घटस्थापनाको अवसर पारी जिल्लामा बढ्दो सवारी साधनको माग भइरहँदा सवारी मर्मत तथा सभिर्स गर्नका लागि सबै प्रकारका टायरहरु पाउने गरी पलाञ्चोक मोटर पार्टस सञ्चालनमा आएको हो । उक्त मोटर पार्टसको बिहिबार एक कार्यक्रमका बिच नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिना, बागमती टिपर व्वसायी संघका अध्यक्ष सुरेश खत्री, सिइएटी टायरको नेपाल प्रतिनिधि राजपाल चड्डा लगायतले उद्घाटन गरेका थिए ।

व्वसायीहरु शेरबहादुर कुँवर, तारा दुलाल र सज्जन सापकोटाले संचालनमा ल्याएको उक्त मोटर पार्टसमा मोटरसाईकल, ट्रयाक्टर, बस, मिनिबस, साना गाडीहरु, टिपर लगायतका सवारी साधनका टायर तथा ट्युव होलसेल र खुद्रा मुल्यमा उपलब्ध गराइने प्रोपाईटर शेरबहादुर कुँवरले बताउनुभयो ।

अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काभ्रेका विभिन्न स्थानमा गुड्ने सवारी साधनहरुका लागि उपयोग हुने टायर तथा ट्युवका लागि पलाञ्चोक मोटर पार्टस सहज हुने प्रोपाईटर कुँवरले जानकारी दिनुभयो। २५ लाख रुपैंया लगानीमा शुरु गरिएको उक्त मोटर पार्टसमा क्रेटा, एमआरएफ, एपोलो, एटिएफ, विकेटी लगायतका टायर र ट्युवहरु उपलब्ध छन् ।

उक्त कार्यक्रममा टायर तथा ट्युव कम्पनीका प्रतिनिधिहरु,व्वसायीहरु, जनप्रतिनिधि तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।